सिमसार

फेवातालको गहिराइ बढाउन माटो झिकिदै

फेवातालको बाँध मर्मत गर्न पानीको सतह घटाएको मौका छोपी गण्डकी प्रदेश सरकारले तालमा थुप्रिएको माटो झिक्ने भएको छ । फेवातालमा थुप्रिएको माटो, ढुंगा, गिट्टी, बालुवा लगायत फोहोरमैला व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले समिति बनाएको हो  । फेवा बाँध मर्मत गर्न बाँधकाे ढाेका खाेल्दा घटेकाे फेवातालकाे पानीकाे सतह । तस्बिर : कृष्णमणि बराल पर्यटनमन्त्री विकास लम्सालको अध्यक्षतामा आइतबार बसेको बैठकले वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।तालको पानीको सतह घटेको बेलामा… पुरा पढौ

फेवा देखि गुँदे ताल सम्म संरक्षण साइक्लिङ्ग

विश्व सिमसार दिवस २०२१ को अवसरमा पोखराको फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग गरिएको छ । सिमसार क्षेत्र संरक्षण गरौं भन्ने सन्देश सहित पाेखराकाे सबैभन्दा ठुलाे फेवाताल देखि गुँदे ताल सम्म साइक्लिङ्ग यात्रा गरिएकाे हाे । अन्नपूर्ण संरक्षण क्षेत्र, सम्पर्क कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र पोखरा साइकल सिटीद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाका कर्मचारीहरु र पोखरा साइकल सिटीका सदस्यहरु लगाएत ५० जनाले साइक्लिङ्ग गरेका थिए । सहभागीहरुले विभिन्न सन्देशमुलक प्लेकार्ड बोकेर जनचेतना जगाउने काम गरेका थिए ।… पुरा पढौ

सिमसार दिवस औपचारिकतामा सिमित

पाेखरा : २४ औं विश्व सिमसार दिवस पोखरामा औपचारिक कार्यक्रम गरि सिमसार क्षेत्रलाई सम्झना गरिएको छ । पोखराको फेवाताल किनार डेमसाइडमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मगलबार सिमसारको अवस्था र संरक्षणका विषयमा प्यानल बहस र वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले प्राधिकरण नै बनाएर सिमसार क्षेत्र संरक्षणकाे काम गरिरहेको सुनाए । ताल, पोखरी, कुवा, कुण्ड संरक्षणका काम भइरहेको उनले बताए । सिमसार संरक्षणमा नागरिकको पनि उतिकै दायित्व… पुरा पढौ

रामसारमा सूचीकृत पोखराका नौ ताल, अन्तर्राष्ट्रिय करण गरियो भएन संरक्षण

पाेखरा :  दिपाङ ताल किनारका ५० वर्षीय नारायणप्रसाद लामिछानेकाे परिवारकाे जमिन सरकारले २०३९ सालमा अहिले निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरेपछि विस्थापित भए । पुर्खाै देखि गाउँघर, छरछिमेकी सग मिलेर बसेकाे परिवार एक्लियाे । बुवाअामासँग ११ वर्षको उमेरमा पोखरा २७ दिपाङ ताल किनारमा बसाइँसराइ गरे । दिपाङ ताल । तस्बिर : कृष्णमणि बराल पोखराको भेडीफारम (छिनेडाँडा) मा १६ रोपनी जमीनसहित सुबिधा सम्पन्न घर थियो। सरकारले विमानस्थलका लागि पुख्यौली थलोबाट उठीबास गरेपछि ४ कक्षा पढ्दा पढ्दै दिपाङतालको पाखामा आएर… पुरा पढौ