जलवायु-परिवर्तन

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री : जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्छ

परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रसंघको महासभामा बोल्दै आगामी नोभेम्बर महिनामा हुने जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सम्मेलनमा कोपा—२६ सम्मेलन जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्ने बताएका छन् । संंयुक्त राष्ट्र संघको ७६ औं महासभालाई उनले सम्बोधन गर्दै यसो भनेका हुन् । सम्मेलनमा विश्व तापमानलाई १।५ मा सीमित गर्ने विषयमा छलफल हुने छ । महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले विकोसोन्मुख मुलुकलाई अनुकूलन कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक र प्राविधिक सहयोग हुनुपर्ने बताए । सो सम्मेनमा नेपादबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी… पुरा पढौ

बिस्तारै उठ्दै छ बाढीले क्षतविक्षत बनाएको मनाङ

हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ । मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बँेसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिराले क्षति पु¥याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ… पुरा पढौ

जलवायु परिवर्तनको जोखिमलाई कम गर्न पुनरूत्थान कार्यक्रम

सरकारले जलवायु परिवर्तनबाट जनजीवनमा परेको जोखिमलाई न्यूनीकरण गर्न जलवायु अनुकूलन, न्यूनीकरण र पुनरूत्थान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि संशोधित बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै जलवायुमैत्री, दिगो, दरिलो र समावेशी हुनेगरी विकास आयोजना र कार्यक्रमहरू कार्यान्वयन गरिने जानकारी गराउनुभयो । यसगरी काठमाडाँ उपत्यकालगायतका शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध गरिने बजेट बक्तव्यमा उल्लेख छ… पुरा पढौ

जलवायु परिवर्तनको असर सामना गर्न कठिन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।” औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको… पुरा पढौ

कोप–२६ : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर नेपालको प्राथमिक मुद्दा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव नेपालको प्राथमिकताको विषय हुनेछ । नेपालको संवेदनशील भूवनोटका कारण जलवायु परिवर्तनको जोखिम पनि बढ्दो छ । विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा… पुरा पढौ

हिमालय क्षेत्रहरु जलवायु संकटको उच्च जोखिममा

बेइजिङ: तिब्र रुप फैलिइरहेको जलवायु परिवर्तनका कारण चीनको छिङहाई क्षेत्रमा अवस्थित तिब्बतीयन प्लेटो क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको वैज्ञानिकहरुले बताएका छन् । उक्त क्षेत्रको अध्ययनपछि फर्किएको चिनियाँ वैज्ञानिकको टोलीले तिब्बतीयन प्लेटो क्षेत्रमा जलवायु संकटको जोखिम उच्च रहेको बताएका हुन् । तिब्बतीयन प्लेटो चीनको दुर्गम उत्तरपश्चिम क्षेत्र (तिब्बतको छिङहाइ-गान्सु), नेपालको उत्तरी (हिमाली) क्षेत्र, भारतको लद्धाखदेखि पश्चिमी क्षेत्र, भुटान, पश्चिम ताजकिस्तान र दक्षिण किर्गिस्तानसम्म फैलिएको छ । वैज्ञानिकहरुले तिब्बतीयन प्लेट फैलिएको पूर्वी, मध्य र दक्षिण एसिया क्षेत्र जलवायु संकटको उच्च जोखिममा… पुरा पढौ

पग्लँदै हिमाली बस्ती

दुई महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका ज्येष्ठ नागरिक कालबहादुर थकालीले जानकारी दिनुभयो । “यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको मेरो अनुभवमा छैन,” ७५ वर्षीय थकालीले… पुरा पढौ

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक सहयोग पुर्याउन गर्नुुपर्ने पूर्वतयारीलगायत काम गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । पुरानो अडान कायम राख्दा नेपालले गरेको प्रगति राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय प्रतिबद्धतालाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । नेपालको आफ्नै जलवायु परिवर्तन… पुरा पढौ

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । उहाँँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण… पुरा पढौ

मनाङमा बाढीपहिराको क्षतिसम्बन्धी प्रतिवेदन : १७ पक्की तथा झोलुङ्गे पुलमा क्षति

मनसुन शुरुवात हुनु अगावैदेखि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । मनाङका शाखा तथा मुख्य सडक बाढीपहिराले क्षतविक्षत भएपछि स्थलमार्ग अवरुद्ध भएको छ । सडकसँगै जिल्लाका पुलसमेत बाढीले बगाएको छ । मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा रहेको लमजुङ बेँंसीशहर–चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङ्सार जोड्ने सडकका ठाउँठाउँमा क्षति पुगेको छ । तत्काल सडक मर्मत गरेर खुलाउन नसकिए केही समयमा नै जिल्लामा खाद्य सङ्कट व्यहोर्नुपर्ने देखिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको… पुरा पढौ