
बेइजिङ: तिब्र रुप फैलिइरहेको जलवायु परिवर्तनका कारण चीनको छिङहाई क्षेत्रमा अवस्थित तिब्बतीयन प्लेटो क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको वैज्ञानिकहरुले बताएका छन् ।
उक्त क्षेत्रको अध्ययनपछि फर्किएको चिनियाँ वैज्ञानिकको टोलीले तिब्बतीयन प्लेटो क्षेत्रमा जलवायु संकटको जोखिम उच्च रहेको बताएका हुन् । तिब्बतीयन प्लेटो चीनको दुर्गम उत्तरपश्चिम क्षेत्र (तिब्बतको छिङहाइ-गान्सु), नेपालको उत्तरी (हिमाली) क्षेत्र, भारतको लद्धाखदेखि पश्चिमी क्षेत्र, भुटान, पश्चिम ताजकिस्तान र दक्षिण किर्गिस्तानसम्म फैलिएको छ ।
वैज्ञानिकहरुले तिब्बतीयन प्लेट फैलिएको पूर्वी, मध्य र दक्षिण एसिया क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको बताएका छन् । साथै अल्पकालीन लाभको कारण तिब्बतीयन प्लेट नजिकै रहेको तिब्बत, चीन, नेपाल र भारतमा ‘पर्यावरणीय सुरक्षामा बाधा’ र ‘हिम शिखर (वाटर टावर)’ झनै जोखिममा रहेको समेत वैज्ञानिकहरुले पहिचान गरेका छन् । जलवायु परिवर्तनको जोखिमले सो क्षेत्रमा बढी भन्दा बढी प्राकृतिक विपद् निम्तिने र पानी वितरणमा अस्थितरमा निम्तिने छ ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको इन्टरनेसनल प्यानलले गत मंगलबार सार्वजनिक गरेको रिपोर्टले तिब्बतीयन प्लेट फैलिएको क्षेत्रमा उच्च बाढी, कहिलेकाहीँ पर्ने उच्च वर्षा र उच्च तापक्रमको खतरा बढिरहेको छ ।
सरकारी अनुसन्धाताहरुले उच्च तापक्रम र उच्च वर्षाले खेतीयोग्य जमीनमा उब्जनी बढाइरहेको, सुख्खा क्षेत्रमा हरियाली छाएको, ताल र नदीमा पानी बढेको आदि पत्ता लगाउने गर्छन् ।
‘तर वास्तवमा सरकारी अनुसन्धाताहरुले पत्ता लगाएको रिसर्चले तत्कालीन खुसी दिए पनि त्यसको मुल्य अबको पुस्ताले चुकाउनु पर्ने हुन्छ । त्यसको दिर्घकालीन असर देखिँदैछ । यी क्षेत्रको हावापानी र जलवायु घटनाले क्रुर अवस्था लिइसकेको छ’ वैज्ञानिकहरुद्धारा गरिएको अध्ययन प्रतिवेदनको निचोडमा चीनको मौसम विज्ञान विभागले भनेको छ ।
चिनियाँ वैज्ञानिकहरुले गरेको अध्ययन प्रतिवेदनअनुसार सन् १९६० यता तिब्बतीयन प्लेट फैलिएको क्षेत्रको तापक्रम औसतभन्दा बढी वर्षेनी ०.३५ डिग्री सेल्सियसले बढिरहेको छ । वार्षिक वर्षा ७.९ मिलिमिटर (०.३१ इन्च)का दरले बढिरहेको छ । प्लेट क्षेत्रमा रहेका कतिपय तालहरुको क्षेत्रफल वर्षेनी २० प्रतिशतले बढिरहेको छ । विगत ४० वर्षयता हिमपहिरो, हिमताल विष्फोट, बाढी र पहिरो आदि प्राकृतिक विपद्का घटनाहरु वर्षेनी बढिरहेका छन् । -अलजजिराबाट



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…