हिमालय क्षेत्रहरु जलवायु संकटको उच्च जोखिममा


     नेचर न्युज    
     भाद्र ११ गते २०७८ मा प्रकाशित


बेइजिङ: तिब्र रुप फैलिइरहेको जलवायु परिवर्तनका कारण चीनको छिङहाई क्षेत्रमा अवस्थित तिब्बतीयन प्लेटो क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको वैज्ञानिकहरुले बताएका छन् ।

उक्त क्षेत्रको अध्ययनपछि फर्किएको चिनियाँ वैज्ञानिकको टोलीले तिब्बतीयन प्लेटो क्षेत्रमा जलवायु संकटको जोखिम उच्च रहेको बताएका हुन् । तिब्बतीयन प्लेटो चीनको दुर्गम उत्तरपश्चिम क्षेत्र (तिब्बतको छिङहाइ-गान्सु), नेपालको उत्तरी (हिमाली) क्षेत्र, भारतको लद्धाखदेखि पश्चिमी क्षेत्र, भुटान, पश्चिम ताजकिस्तान र दक्षिण किर्गिस्तानसम्म फैलिएको छ ।

वैज्ञानिकहरुले तिब्बतीयन प्लेट फैलिएको पूर्वी, मध्य र दक्षिण एसिया क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको बताएका छन् । साथै अल्पकालीन लाभको कारण तिब्बतीयन प्लेट नजिकै रहेको तिब्बत, चीन, नेपाल र भारतमा ‘पर्यावरणीय सुरक्षामा बाधा’ र ‘हिम शिखर (वाटर टावर)’ झनै जोखिममा रहेको समेत वैज्ञानिकहरुले पहिचान गरेका छन् । जलवायु परिवर्तनको जोखिमले सो क्षेत्रमा बढी भन्दा बढी प्राकृतिक विपद् निम्तिने र पानी वितरणमा अस्थितरमा निम्तिने छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको इन्टरनेसनल प्यानलले गत मंगलबार सार्वजनिक गरेको रिपोर्टले तिब्बतीयन प्लेट फैलिएको क्षेत्रमा उच्च बाढी, कहिलेकाहीँ पर्ने उच्च वर्षा र उच्च तापक्रमको खतरा बढिरहेको छ ।

सरकारी अनुसन्धाताहरुले उच्च तापक्रम र उच्च वर्षाले खेतीयोग्य जमीनमा उब्जनी बढाइरहेको, सुख्खा क्षेत्रमा हरियाली छाएको, ताल र नदीमा पानी बढेको आदि पत्ता लगाउने गर्छन् ।

‘तर वास्तवमा सरकारी अनुसन्धाताहरुले पत्ता लगाएको रिसर्चले तत्कालीन खुसी दिए पनि त्यसको मुल्य अबको पुस्ताले चुकाउनु पर्ने हुन्छ । त्यसको दिर्घकालीन असर देखिँदैछ । यी क्षेत्रको हावापानी र जलवायु घटनाले क्रुर अवस्था लिइसकेको छ’ वैज्ञानिकहरुद्धारा गरिएको अध्ययन प्रतिवेदनको निचोडमा चीनको मौसम विज्ञान विभागले भनेको छ ।

चिनियाँ वैज्ञानिकहरुले गरेको अध्ययन प्रतिवेदनअनुसार सन् १९६० यता तिब्बतीयन प्लेट फैलिएको क्षेत्रको तापक्रम औसतभन्दा बढी वर्षेनी ०.३५ डिग्री सेल्सियसले बढिरहेको छ । वार्षिक वर्षा ७.९ मिलिमिटर (०.३१ इन्च)का दरले बढिरहेको छ । प्लेट क्षेत्रमा रहेका कतिपय तालहरुको क्षेत्रफल वर्षेनी २० प्रतिशतले बढिरहेको छ । विगत ४० वर्षयता हिमपहिरो, हिमताल विष्फोट, बाढी र पहिरो आदि प्राकृतिक विपद्का घटनाहरु वर्षेनी बढिरहेका छन् । -अलजजिराबाट