नुवाकोट : भदौ १० गते भोटेकोशीमा आएको बाढी प्रभावित नुवाकोटको वडा नम्बर ४, ७ र ९ नम्बर वडाका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ । बाढी प्रभावित क्षेत्रमा बिरामी चौपायाको उपचार, कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाउने गरी पोखराबाट हिमालयन पशु उद्धार समूह पुगेको हो । नुवाकोटको विदुर नगरपालिकाको ढुंगेबजार, तुप्चे, चाँपको फेदी लगायतका क्षेत्रमा पुगेर बिरामी गाई, भैँसीलाई समेत आवश्यक औषधी उपलब्ध गराइएको हिमालयन पशु उद्धार समूहका अध्यक्ष दिव्यकुमार बरालले बताए । बाढीले नदी किनारमा ल्याएका जनावरको सिनो…
पुरा पढौ