जलवायु-परिवर्तन

रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगार

 पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु भएको छ । पोखरा महानगरपालिका संगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी को प्राविधिक सहयोगमा हरित रोजगार सिर्जना परियोजना अन्तर्गत दुई दिने आरयु फेष्ट सुरु भएको हो । फोहोरलाई खजना बनाउने मुलमन्त्र सहित गरिएको फेस्टिभलले पोखरा र देशकै हरित विकासकालागि एक नवीनतम प्रयासको रुपमा रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।… पुरा पढौ

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ

रसुवामा भोटेकोशीको कहर : पूर्व सूचना पाउँदा पनि ठूलाे क्षति

रसुवाको नेपाल चीन नाका क्षेत्रमा मंगलबार बिहान आएको भोटेकाशीको बाढीले ठूलो धनजनको क्षति पु¥याएको छ । रातको समयमा आएको बाढीले अकल्पनीय क्षति पु¥याएको हो । हालसम्म ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । २० जना अझै सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ । हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेको जनाइएको छ । अहिले सम्म ५५ जनाका सकुशल उद्धार गरिएको पनि जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा क्षेत्रमा भारी… पुरा पढौ

अत्याधिक गर्मीले स्वास्थ्यमा यस्तो पर्न सक्छ असर ?

यति बेलो गर्मी माैसम हो । बिहानै देखि चर्को घाम लाग्ने र खलखली पसिना आउने समस्या यति बेला सबैले झेल्दै आएका छाै । नेपालको हिमाली र पहाडी क्षेत्र भन्दा धेरै गर्मीको असर तराई क्षेत्रमा छ । अत्यधिक गर्मीले दिमागमा पार्ने असरबारे एक नयाँ रिपोर्टमा चासो देखाइएको छ। तातो मौसममा मानिसहरूले सोच्ने क्षमतामा कमी, एकाग्रता गुमाउने, वा मिजास परिवर्तन हुने स्वास्थ्य विज्ञले बताएका छन् । डाक्टर तारा पहरीका अनुसार  शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुँदा दिमागले ठीकसँग काम गर्न सक्दैन, जसले… पुरा पढौ

पानी खोज्दै भौतारिन्छन गाँबी भालु

गॉबी भालु—एशियाको एक दुर्लभ र संकटग्रस्त वन्यजन्तु हो । यो विश्वकै सबैभन्दा कठोर मरुभूमिहरूमध्ये एक, गॉबी मरुभूमिमा सकस पूर्ण रुपमा बाँचेका छन् । पछिल्लो तथ्यांकअनुसार, केवल ४० भन्दा कम गॉबी भालुहरू मात्र बाँकी रहेको बताइएका छ । पानीको अभावमा यी भालुहरू पानीको खोजीमा १६० किलोमिटर सम्म यात्रा गर्न बाध्य छन्। गॉबी मरुभूमि वर्षौंदेखि अत्यन्त सुक्खा तथा जलविहीन क्षेत्रको रूपमा चिनिन्छ। यसले गॉबी भालुहरूको जीवनलाई झनै कठोर बनाएको छ । यसले गर्दा उनीहरू जीवित रहनका लागि पानी, झाडीहरूमा उम्रिने जरा, बेरी,… पुरा पढौ

चालीस माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिक मंसिर देखि उत्पादनमा पुन प्रतिबन्ध लगाइने

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८२ मंसिर देखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक उत्पादनमा रोकलगाइने बताएका छन् । सरकारले यस अघि नै ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० असारमा  विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जनाएको थियो । पुन अर्थमन्त्रीले बजेट भाषणमा समेटे पनि यसको कार्यान्वयन हुने नहुने यकिन हुन सक्ने अवस्था रहेको छ ।  प्लास्टिक… पुरा पढौ

सगरमाथा संवादकाे सफलता !

विश्वको छानो सगरमाथाको देश जलवायु परिवर्तनको असरका कारण समस्या झेलिरहेको छ । हिमनदीहरू पग्लनेक्रम बढेको छ । हिमताल उस्तै जोखिममा छन् । यसै कारणले हिमाली क्षेत्रमा पानीका स्रोत सुक्दै छन् ।  हिमालमा हिउँ पग्लनु, हिमताल सुक्नु पर्यावरण र सबै सजीव प्राणाीकालागि संकटको अवस्था निम्तँदै जानु हो । यो समस्या कुनै देशको सीमा भित्र मात्र रहदैन् । पृथ्वीकै समस्या हो । यही अवस्था विश्व समुदायलाई सुनाउने र जलवायु न्यायकालागि पैरवी गर्ने उद्देश्यले राजधानी र सगरमाथा आधार शिविरमा सगरमाथा संवादको आयोजना भएको… पुरा पढौ

पृथ्वी दिवस : पानीका स्रोत संरक्षण गरौंं इकोसिस्टम पुनस्थापना गरौं

माता पृथ्वीको संरक्षणकालागि विश्वभर २२ अप्रिलमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरण संरक्षणकालागि छलफल, योजना र संरक्षण सचेतना लगायतका कार्यक्रम गरेर विश्वभर पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्… पुरा पढौ

वायु प्रदूषणकाे सकस

अन्नपूर्ण, माछापुच्छ्रे, धाैलागिरी लगायतका हिमाल मुस्कुराएको देखिने पोखरा एक साता भयाे बिहानै देखि दिनभर धुम्म देखिएको छ । वायु प्रदूषणको कारण आँखा पोल्ने, धुवाको गन्ध सहितको हावा चल्ने समस्या पनि देखिएको छ ।  यता राजधानी सहरमा पनि उस्तै समस्या छ । गत २२ गते शुक्रबार र शनिबार विश्वकै प्रदूषित सहरहरुको शीर्ष स्थानमा राजधानी सहर काठमाडौं देखिएको थियो । यो साता भारतको दिल्ली र पाकिस्तान जस्ता विश्वकै प्रदूषित सहरलाई उछिन्दै काठमाडौं, पोखरा लगायत नेपाली सहर दूषित हावाले भरिएको अधिकारीले बताएका छन्… पुरा पढौ

जैविक विविधता संरक्षणकालागि दिएको रकम ठगी भएकोले सहयोग रोकियाे : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिदै आएको रकम रोकिनुकाे कारण खुलाएका छन् । राष्ट्रपति ट्रम्पले जैविक विविधता संरक्षण र वित्तीय संघीयताकालागि दिँदै आएको रकम रोकिनु ठगी भएको बताएका छन् । दोस्रो पटक अमेरिकाको सत्ता सम्हालेका राष्ट्रपति ट्रम्पले वैदेशिक सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यहीक्रममा वित्तीय संघीयताकालागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणकालागि प्रदान गरिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिव ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रेस… पुरा पढौ