अचेल हामी मानिसहरू हरेक पल अलिअलि गर्दै पृथ्वीको जलवायु परिवर्तन गर्दैछौं। गर्मी याममा तापक्रम बढ्दै जानु, पहिलेभन्दा धेरै पानीमिश्रित आँधी आउनु, समुद्रको सतह बढ्नु र झन् झन् भयंकर डढेलो लाग्नु यसकै परिणाम हुन्। यी परिवर्तनबाट हाम्रो घर, समाज र पर्यावरणलाई हुने खतरा बढिरहेको छ। यीबाहेक, हामी झनै ठूलो रूपमा पनि जलवायु परिवर्तन गरिरहेका हुन सक्छौं। विगत दुई दशकदेखि वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण भइरहेको तापक्रम वृद्धिले प्रकृतिका विशाल प्रणालीहरूलाई विनाशतर्फ धकेलिरहेको हुन सक्छ भनेर चेतावनी दिइरहेका छन्। यी प्रणाली धेरै विशाल भएकाले तापक्रम बढे पनि…
पुरा पढौ