
विश्वको छानो सगरमाथाको देश जलवायु परिवर्तनको असरका कारण समस्या झेलिरहेको छ । हिमनदीहरू पग्लनेक्रम बढेको छ । हिमताल उस्तै जोखिममा छन् । यसै कारणले हिमाली क्षेत्रमा पानीका स्रोत सुक्दै छन् ।
हिमालमा हिउँ पग्लनु, हिमताल सुक्नु पर्यावरण र सबै सजीव प्राणाीकालागि संकटको अवस्था निम्तँदै जानु हो । यो समस्या कुनै देशको सीमा भित्र मात्र रहदैन् । पृथ्वीकै समस्या हो । यही अवस्था विश्व समुदायलाई सुनाउने र जलवायु न्यायकालागि पैरवी गर्ने उद्देश्यले राजधानी र सगरमाथा आधार शिविरमा सगरमाथा संवादको आयोजना भएको छ । नेपालले सगरमाथा संवाद मार्फत छिमेकी मुलुक सहित विश्वजगतलाई कस्तो सन्देश दिन सक्यो भन्ने महत्त्वपूर्ण विषय हो ।
विश्व राजनीति अहिले जलवायु परिवर्तनका मुद्दा, प्रविधिको उच्चतम विकास र भू राजनीतिक हलचलले तरङ्गित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने, यूएसआईडी र एमसिसी परियोजनाको स्थगनको घोषण गरेपछि यसका प्रभावहरू देखिएका छन् । यसले जलवायु परिवर्तन न्यूनीकरण गर्न भएका प्रयासले निरन्तरता पाउने क्रम रोकिने छ । नेपाल जस्ता देशकालागि यसले प्रत्यक्ष प्रभाव पार्ने छ । जलवायु परिवर्तनको असरले वायुमण्डलको तापक्रम क्रमशः बढ्दै गएको छ । यसबाट सबैभन्दा धेरै प्रभावित गरिब, भूपरिवेष्टित र पर्वतीय मुलुकमा नेपाल पनि पर्छ । यसैले नेपाल जस्ता देशकालागि विश्व समुदायले जलवायु अनुकूलनका कार्यक्रम महत्त्वपूर्ण रहन्छ । विश्वका धनी राष्ट्रहरूले उच्चतम सफलताको शिखरतर्फ लम्किँदै गर्दा नेपाल भने जलवायु संकटका कारण प्राकृतिक विपत्तिको सामना गर्नु पर्ने अवस्थामा छ ।
जलवायु संकटबारेको एक अध्ययन अनुसार सन् २०३० देखि २०५० सम्म यही दरमा छिमेकी लगायत राष्ट्रमा कार्बन उत्सर्जन, जीवाश्म इन्धनको प्रयोग बढ्यो भने पिउने पानीका स्रोतहरू क्रमिक रुपमा घट्ने छन् । पानी बिनाको सजीव संसार कसरी चल्छ रु यति महत्त्वपूर्ण विषयलाई विश्वका शक्तिराष्ट्रहरुले नजरअन्दाज गर्न मिल्दैन । सगरमाथा संवादको सफलता विश्वका धनी राष्ट्रहरूलाई यस विषयमा सचेत गराएर जलवायु अनुकूलन कार्यक्रम गर्न र यसबाट प्रभावित देशहरूलाई क्षतिपूर्ति दिलाउन सक्नु हो । तर यस तर्फ शक्तिराष्ट्रहरुको जबाफदेहिता देखिँदैन ।
नेपाल जस्तो क्षेत्रफलमा सानो र आर्थिक रुपमा कमजोर देशले आयोजना गरेको यति महत्त्वपूर्ण सगरमाथा संवादमा छिमेकी मुलुक भारत र चीनका कार्यकारी प्रमुख त के जिम्मेवार मन्त्री सम्मको पनि सहभागिता नहुनु, अन्य देशबाट पनि जसरी महत्त्व दिनु पर्थ्यो त्यसरी दिएको पाइएन ।

सन् २०२४ म समग्र कार्बन उत्सर्जनको तथ्याङ्कमा छिमेकी देश चीन विश्वकै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश बन्यो । विश्वमा हुने कुल औद्योगिक उत्पादनको ३१ प्रतिशत हिस्सा चीन मात्र भएको तथ्याङ्कले देखाउँछ । अर्को छिमेकी राष्ट्र भारत कार्बन उत्सर्जनमा दोस्रो स्थानमा छ । भारतको कुल उत्सर्जन लगभग २९०० मेगाटन हो । चीन र भारतमा कोइला र प्राकृतिक ग्यासको अत्यधिक प्रयोग, औद्योगिक उत्पादन, यातायात र ऊर्जा उत्पादनमा बढी देखिन्छ । नेपालमा त्यो कृषि, यातायात र निर्माणमा सामान्य छ ।
यही नै सगरमाथा संवादको आयोजक नेपालले छिमेकी देशका कार्यकारी प्रमुखलाई उपस्थित गराउन नसक्नु कमजोरी देखियो । देश आर्थिक रुपमा आत्मनिर्भर नहुँदा विश्व समुदायले दिने महत्त्व र प्राथमिकता प्रभाव पर्छ । यस विषयमा देशका नेतृत्वले कहिल्यै सोचेन । कृषि, जडीबुटी उत्पादनमा आत्मनिर्भर हुने र जलस्रोतको उपयोगमा राज्यले प्राथमिकता कहिल्यै दिएन । देश झन् झन् आर्थिक रुपमा कमजोर र परनिर्भरता बढ्दै गयो । यसैको कारण शक्ति राष्ट्रहरूले गर्ने सम्मान घट्दै गयो । नेपालको बोली विश्वमा बिक्नै छाड्यो । यस्तो अवस्थामा भएको सगरमाथा संवाद कति फलदायी भयो भन्ने निकट भविष्यले देखाउने छ । तर प्रयास भने भएको मान्न सकिन्छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…