
यति बेलो गर्मी माैसम हो । बिहानै देखि चर्को घाम लाग्ने र खलखली पसिना आउने समस्या यति बेला सबैले झेल्दै आएका छाै । नेपालको हिमाली र पहाडी क्षेत्र भन्दा धेरै गर्मीको असर तराई क्षेत्रमा छ । अत्यधिक गर्मीले दिमागमा पार्ने असरबारे एक नयाँ रिपोर्टमा चासो देखाइएको छ। तातो मौसममा मानिसहरूले सोच्ने क्षमतामा कमी, एकाग्रता गुमाउने, वा मिजास परिवर्तन हुने स्वास्थ्य विज्ञले बताएका छन् ।
डाक्टर तारा पहरीका अनुसार शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुँदा दिमागले ठीकसँग काम गर्न सक्दैन, जसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्छ।गर्मी अत्यधिक बढ्दा हाम्रो मस्तिष्कमा थुप्रै प्रकारका असरहरू पर्न सक्छन्। त्यसको मुख्य कारण भनेको शरीरको तापक्रम सन्तुलनमा गडबडी आउनु हो। यसले गर्दा एकाग्रता र सम्झने क्षमतामा कमी आउन सक्छ, किनभने शरीरलाई शीतल राख्न ऊर्जा खर्च हुँदा दिमागको कार्यक्षमता कमजोर पर्छ।
मिजासमा परिवर्तन पनि आउन सक्छ—अत्यधिक गर्मीले मानिसहरू चिडचिडापन, झन्झलाहट, या उदासी महसुस गर्न सक्छन्। निद्रामा असर पर्छ, जसले थप थकान र मानसिक थकावट बढाउँछ। निर्णय गर्ने क्षमता घट्न सक्छ, जसले दैनिक जीवनका कामहरूमा असर पार्न सक्ने बताइएको छ । गर्मीका समयमा पानी पर्याप्त पिउनु, छायाँमा रहनु, र शरीरलाई शीतल राख्ने उपायहरू अपनाउनु अत्यावश्यक हुन्छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…