
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०८२ मंसिर देखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक उत्पादनमा रोकलगाइने बताएका छन् ।
सरकारले यस अघि नै ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० असारमा विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जनाएको थियो । पुन अर्थमन्त्रीले बजेट भाषणमा समेटे पनि यसको कार्यान्वयन हुने नहुने यकिन हुन सक्ने अवस्था रहेको छ ।
प्लास्टिक प्रदूषण विश्वकै टाउको दुखाई बनेको छ । संसारमा प्लास्टिक सन् १८६९ देखि उत्पादन हुन थालेको थियो । सन् १९५० को दशकमा आएर मात्र यसको उत्पादनमा तीव्रता आएको हो । १९५० मा धेरै सानो परिमाण अथवा ३३५ मिलियन मेट्रिक टन उत्पादन भएको थियो भने २०१६ मा ३३५ मिलियन मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।

२०२२ मा ४०० मिलियन टन उत्पादन भएको थियो । यत्रो परिमाणमा उत्पादन भएको प्लास्टिक प्रयोग भइसकेपछि कहाँ जान्छ रु यो प्रकृति र वातावरणलाई दूषित पार्ने फोहोर मैलाका रूपमा जम्मा हुने गरेको छ । प्लास्टिक प्रदूषर्णको असरले नेपालमा मुख्य सहरका खोला, नदी, ताल, खेती योग्य भूमि प्रदूषर्णको चपेटामा परेका छन् ।
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय करण गरिने पनि बताएका छन् । वन्यजन्तु, जैविक विविधता संरक्षणमा जोड दिएका छन् । यसै गरी पदयात्रा पर्यटनको विकास, पर्यापर्यटन प्रवर्द्धनमा पनि जोड दिएका छन् । वन डढेलो लगाउनेका बारेमा सूचना दिनेलाई पुरस्कृत गरिने पनि बताएका छन् । हिउँदमा वन डढेलोले देशभर ठूलो क्षति पु¥याउँदै आएको छ । डढेलोले जैविक विविधता, वन्यजन्तुको वासस्थान र चराको गुँड पनि नोक्सान पु¥याउँदै आएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…