जलवायु-परिवर्तन

मनसुन भित्रिय यता विपदबाट १६५ जनाको मृत्यु

यस वर्ष विपदबाट छाेटाे समयमा ठूलाे धनजनको क्षति भएको छ । मनसुन भित्रिए यता बाढी, पहिरोलगायत विपदबाट एक सय ६५ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका थुप्रै घटनाहरूका कारण जन र धानको क्षतति भएका छन्। विपदबाट मंगलबार अपराह्न ३ बजेसम्म १६५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सोमबार अपराह्न ३ बजेदेखि मंगलबार अपराह्न ३ बजेसम्ममा मात्रै पनि पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। बागलुङको… पुरा पढौ

जहाँ छैन बस्ती, त्यहाँ वातावरण बिगार्ने विकास किन ?

अन्नपूर्ण क्षेत्रको नियति : आम्दानीमा तीनै तहको नजर, संरक्षणमा कोही भएन अग्रसर पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिका ताङतिङमा डिलबहादुर गुरुङले ३० वर्ष भेडिगोठ सञ्चालन गरे। त्यहाँ प्रख्यात पर्यटकीय आकर्षण बनेका कोरी लगायतको क्षेत्रमा केही वर्षयता पानी सुक्दै गएको देखेका/भोगेका छन् उनले। हिउँदको समयमा पहिला प्रशस्त पानी पाइने क्षेत्र सुक्खा हुँदै गएको उनले बताए। पानी अभाव हुँदै गएपछि उनले भेडी गोठ बन्द गरेको ४ वर्ष भइसक्यो। भेडी गोठ छाडेपछि ६७ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको… पुरा पढौ

वर्षा याममा यस्ता रोगहरूको हुन्छ उच्च जोखिम

पोखरा : मनसुन सुरु भएको छ । वर्षा याममा प्राकृतिक विपद्को जोखिम मात्र होइन मनसुनमा विभिन्न रोगहरूको उच्च जोखिम पनि हुन्छ ।मनसुनमा सबैभन्दा धेरै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब, टाइफाइड, रुघाखोकी हुने डा थानेश्वर पहारी बताउँछन् । यस्तै गरी छालाको समस्या, पेटको संङ्मण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी हुने उनले बताए । वर्षा याममा दूषित खाना र पानीका कारण विभिन्न रोग लाग्ने गर्दछ । लामखुट्टे, झि«ङ्गा, फोहोरका कारण सङ्क्रमण हुने… पुरा पढौ

ठूलो पानी पर्‍यो कि कहाँ पहिरो जान्छ र कस्को ज्यान जाने हो भन्ने त्रास

वर्षा माैसम चलिरहेको छ । किसान धान रोप्ने चटारोमा छन् । देशमा सबै ठाउँमा सिचाइँको सुविधा छैन । यसैले पानी परोस् र भल पानी छोपेर खेत रोप्न पाइएला भन्ने किसानको चाहाना छ । पानी परोस् भन्ने चाहाना सँगै बाढी पहिरो गएर बस्ती नै सखाप पार्ने हो कि भन्ने अर्को चिन्ता पनि सँग सँगै छ ।  ठूलो वर्षा हुने क्रम सुरु भए सँगै विभिन्न जिल्लाबाट बाढी, पहिरो, चट्याङ्गले धनजनको क्षति भएका समाचार आइरहेका छन् । पछिल्लो घटना गुल्मीमा पहिरोले घर परिँदा एकै… पुरा पढौ

असार १५ मा यस्तो छ देश भरको मौसम

पोखरा : असार महिना देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैले यो मौसममा वर्षा हुनु सामान्य हो । वर्ष याम भए पनि विगतमा जस्तो सामान्य वर्षा हुनुलाई सामान्य नै मान्नु पर्छ । तर  विगतमा हुने वर्षा भन्दा अति धेरै र अति कम हुनु भने जोखिम अवस्था हो । मौसम परिवर्तनका कारण पृथ्वीका सबै क्षेत्रमा यो अवस्था आएको वैज्ञानिकहरू बताउँछन् । धान दिवस असार १५ मा देशभरको मौसम कस्तो रहन्छ त । जल तथा मौसम विज्ञान विभागको यस्तो छ अनुमान । … पुरा पढौ

ठूलो वर्षाका कारण बाढी पहिराे आउन सक्छ सर्तक रहनोस : जल तथा मौसम विज्ञान विभाग

पोखरा : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम विश्लेषण गर्दै आगामी २४ घण्टालागि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यसैले ती क्षेत्रहरुमा वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा भू क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा ती क्षेत्रहरुमा दैनिक जनजीवनमा पर्ने असर प्रति सचर्कता अपनाउन अनुराेध गरेकाे छ । कहाँ कहिले कस्तो छ… पुरा पढौ

चुरे संरक्षण दिवसको अवसरमा वृक्षाराेपण

चुरे संरक्षण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनको अायोजनामा इलामको कमल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ ।  चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमिनमा ९चुरे पहाडको फेदमा० बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका १००० बिरुवा रोपिएको बताइएको छ । सब डिभिजन वन कार्यालय चुलाचुली, सब डिभिजन वन कार्यालय बेलबारी, र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोगमा भएको वृक्षारोपण कार्यक्रममा चुरे उत्थानशील आयोजनाले बिरुवा उपलब्ध गराएको थियो । आधा जनसङ्ख्या बस्ने तराई क्षेत्र जोखिममा छ । चुरे… पुरा पढौ

चुरे संरक्षण दिवस : पानीका स्रोत छैन संरक्षण

प्राकृतिक स्रोतहरूको संरक्षणमा सरकार र नागरिक स्वयम जति व्यवहारिक हुनु पर्ने हो त्यो अवस्था देखिँदैन । पछिल्लो समयमा तराईमा मात्र होइन पहाड र हिमाली क्षेत्रमा पनि पानीका स्रोतहरू सुक्दै गएका छन् । पहिलो पानी पाइने क्षेत्रमा अहिले त्यस क्षेत्रका मूल, कुवा, इनार लगायत पानीका स्रोतहरू सुक्दै गएका छन् । पछिल्लो उदाहरण चुरेक्षेत्रको संरक्षणको माग गर्दै गत वैशाख दोस्रो हप्ता जनता सप्तरीदेखि पैदल यात्रा हिँडेर २५ औं दिन काठमाडौँ पुगे । चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोतहरू सुक्दै जाँदा आफूहरू काकाकुल हुनु… पुरा पढौ

जलवायु न्याय खोज्दै राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असरलाई सामाजिक न्याय संगा जोड्दै जलवायु न्याय खोजेका छन् । सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने राष्ट्रपति पौडेलले बताए । स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्‍घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुनु नहुने बताए। ुहामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन। जलवायु… पुरा पढौ

पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका प्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गेटेरेसको चिन्ता र हाम्रा हिमाल

पोखरा : हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक कार्यक्रममा पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका थिए । वास्तवमा मानवका गतिविधि पृथ्वीमा रहेका सबै जीवकालागि चिन्ता जनक बन्दै गएको छ । यसैलाई सचेत गराउँदै महासचिव गुटेरेसले यो चिन्ता गरेको हुनुपर्छ । मानवले बनाएका परमाणु बम पृथ्वीमा रहेका कुनै एक प्राणीलाई मात्र होइन सबै प्राणीलाई नै ध्वस्त पार्ने सम्मका अवस्था सृजना हुने देखिन्छ । शक्ति राष्ट्रहरूले आफ्नो शक्ति प्रदर्शनकालागि यस्तो जोखिमपूर्ण हतियार उत्पादन गर्ने होडले… पुरा पढौ