जलवायु-परिवर्तन

जलवायु विश्व सम्मेलन : ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर सम्झौता अनुमोदन

जलवायु विश्व सम्मेलनमा विश्वका प्रमुख २० अर्थतन्त्र भएका नेताहरुले ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । रोममा भइरहेको विश्वका प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरुले उक्च सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । बहुराष्ट्रिय कम्पनीहरुले कम कर प्रावधानहरुको फाइदा उठाउँदै आप्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रुपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने समाचार… पुरा पढौ

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन : नेपाललाई क्षतिपूर्ति देउ

जलवायु परिवर्तनले नेपालका हिमालहरू पग्लँदै कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी, हिमतालहरू पग्लनुको साथै बेमौसमी वर्षा, खडेरी, पहिरोले देशको अर्थतन्त्रमै ठूलो असर देखिन थालेको छ ।  मनसुन सकिएपछि भएको  बेमौसमी वर्षाको कारण आएको बाढी, पहिरोको कारण नेपालमा यसै वर्ष एक सय भन्दा धेरैको मृत्यु भएको छ । धेरै नागरिकको घरबार उठेको छ । धनजनको क्षति पुगेको छ । कात्तिक महिनाको पहिलो हप्ता सम्म पानी पर्दा किसानले भित्र्याउन ठिक्क परेको धान डुबानमा पर्दा ठूलो क्षति पुगेको छ । मनसुन सकिएपछि… पुरा पढौ

रोकिएन मनसुन सकिएपछिको वर्षा : बिहीबार सम्म १ सय १ जनाको मृत्यु

मनसुन  सकिएपछि भइरहेको भारी वर्षा बिहीबार पनि रोकिएको छैन । बेमौसमी वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बिहीबार साँझ पनि पोखरा लगायत देशका विभिन्न स्थान वर्षा भइरहेको छ । बाढी पहिरोमा परी प्रदेश नम्बर १ मा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी १ सय १ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा… पुरा पढौ

बेमौसमी वर्षा : बाढी पहिरोबाट ३१ जनाको मृत्यु

बेमौसमी वर्षापछिको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार बिहान सम्म ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् । लगातारको वर्षासँगै आएको बाढी पहिरोको कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मनसुन बाहिरिनु अगाडी यस वर्ष मनसुन्जन्य घटनाबाट मुलुकभर १३६ जनाको मृत्यु भएको छ । ४५ जना बेपत्ता छन भने १४४… पुरा पढौ

नेपालबाट बारिरिन थाल्यो मनसुन : विशेष मनसुन बुलेटिन सहित

यस वर्षको मनुसन नेपालबाट बाहिरिन थालेको छ । मनसुन बाहिरिन लागे संगै ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालको मनसुन बाहिरिन थालेको हो । औसत समय भन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनको वहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनुसन केही पछाडी सरेको हो । पुरा पढौ

हराउँदै चरा, माछा र जीवहरु

अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरु लोप भएको घोषण गरेको छ । अब कहिल्यौ नदेखिने चरा, माछा र अन्य जीवहरु भन्दै बीबीसीले प्रसारण गरेको भिडियो समाचारमा लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई प्रजातिका माछा, एउटा प्रजातिकाे चमेरो र एउटा प्रजातिकाे बिरुवा रहेको छ । हामी जीवहरुलाई लोपहुनबाट बचाउन आप्नो जीवन समर्पण गछौं । त्यसैले कुनै प्रजाति लोप भएको घोषण गर्नु पर्दा हामीले हार स्विकार गरेको जस्तै असहज हुने यूएस फीस एन्ड वाईल्ड… पुरा पढौ

जलवायु परिवर्तनको असर अध्ययन गर्न विश्वकै सबैभन्दा उच्च सगरमाथा क्षेत्रमा मौसम स्टेसन

पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ । यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान… पुरा पढौ

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री : जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्छ

परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रसंघको महासभामा बोल्दै आगामी नोभेम्बर महिनामा हुने जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सम्मेलनमा कोपा—२६ सम्मेलन जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्ने बताएका छन् । संंयुक्त राष्ट्र संघको ७६ औं महासभालाई उनले सम्बोधन गर्दै यसो भनेका हुन् । सम्मेलनमा विश्व तापमानलाई १।५ मा सीमित गर्ने विषयमा छलफल हुने छ । महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले विकोसोन्मुख मुलुकलाई अनुकूलन कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक र प्राविधिक सहयोग हुनुपर्ने बताए । सो सम्मेनमा नेपादबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी… पुरा पढौ

बिस्तारै उठ्दै छ बाढीले क्षतविक्षत बनाएको मनाङ

हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ । मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बँेसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिराले क्षति पु¥याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ… पुरा पढौ

जलवायु परिवर्तनको जोखिमलाई कम गर्न पुनरूत्थान कार्यक्रम

सरकारले जलवायु परिवर्तनबाट जनजीवनमा परेको जोखिमलाई न्यूनीकरण गर्न जलवायु अनुकूलन, न्यूनीकरण र पुनरूत्थान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि संशोधित बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै जलवायुमैत्री, दिगो, दरिलो र समावेशी हुनेगरी विकास आयोजना र कार्यक्रमहरू कार्यान्वयन गरिने जानकारी गराउनुभयो । यसगरी काठमाडाँ उपत्यकालगायतका शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध गरिने बजेट बक्तव्यमा उल्लेख छ… पुरा पढौ