जलवायु-परिवर्तन

अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ । जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक सहयोग पुर्याउन गर्नुुपर्ने पूर्वतयारीलगायत काम गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । पुरानो अडान कायम राख्दा नेपालले गरेको प्रगति राष्ट्रिय अनुकूलन योजना र राष्ट्रिय प्रतिबद्धतालाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । नेपालको आफ्नै जलवायु परिवर्तन… पुरा पढौ

मनसुन सक्रिय : अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । उहाँँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण… पुरा पढौ

मनाङमा बाढीपहिराको क्षतिसम्बन्धी प्रतिवेदन : १७ पक्की तथा झोलुङ्गे पुलमा क्षति

मनसुन शुरुवात हुनु अगावैदेखि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । मनाङका शाखा तथा मुख्य सडक बाढीपहिराले क्षतविक्षत भएपछि स्थलमार्ग अवरुद्ध भएको छ । सडकसँगै जिल्लाका पुलसमेत बाढीले बगाएको छ । मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा रहेको लमजुङ बेँंसीशहर–चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङ्सार जोड्ने सडकका ठाउँठाउँमा क्षति पुगेको छ । तत्काल सडक मर्मत गरेर खुलाउन नसकिए केही समयमा नै जिल्लामा खाद्य सङ्कट व्यहोर्नुपर्ने देखिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको… पुरा पढौ

जलवायु परिवर्तनका विषयमा नयाँ प्रतिवेदन : मानव जातिका लागि उच्च खतराको घण्टी

मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ।जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको छ। विगतका क्रियाकलापले हरितगृह ग्यास उत्सर्जन शताब्दीऔँसम्म जारी रहने र त्यसले समुद्र एवं त्यसको सतहलाई असर गर्ने प्रतिवेदनमा औँल्याइएको छ। तर अझै खराब परिणाम नआओस् भन्नका लागि अवसर रहेको र त्यसका निम्ति कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यास कटौती गर्न सकिने प्रतिवेदनले सुझाएको छ।… पुरा पढौ

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो । पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली विस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीनजना तथा खानी तथा भूगर्भ विभागबाट… पुरा पढौ

तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मङ्गलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए । साथै प्रदेश नं १ र बागमती प्रदेशका… पुरा पढौ

फेरियो वर्ष हटेन वायु प्रदूषण

नेपालको आकाशमा २०७७ चैत महिनाको पहिलो साता देखि देखिएको वायु प्रदूषण र तुवाँलो नयाँ वर्ष २०७८ लाग्दा पनि हटेको छैन् । हिमालको काखमा रहेको पोखरा उपत्यकासहित काठमाण्डौ उपत्यका र देश भर फैलिएको वायु प्रदूषण र तुवाँलो अझै तत्काल हट्न अवस्था नदेखिएको वातावरण क्षेत्रमा काम गरेको विज्ञ बताउँछन् । वायु प्रदूषण सुधार नआने देखिएपछि प्रदूण युक्त वायुको कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १७ गते देखि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय… पुरा पढौ

संरक्षण क्षेत्रमा लागेकाे डढेलाेले दुर्लभ वन्यजन्तुका बासस्थान विनास

हिमाल पारीको जिल्ला मनाङमा पटक पटक गरी २८ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । संरक्षण क्षेत्रको वनमा डढेलो लाग्दा जैविक विविधतामा ठूलो नोक्सान पुगेको छ । उच्च हिमाली क्षेत्रको ३२ सय मिटर उचाईको वन क्षेत्र सम्म आगो लागेको हो । मनाङमा लागेकाे डढेलाे निभाउदै सुरक्षाकर्मी । पछिल्लो पटक माघ २९ गते पिसाङ र घ्यारु बिचको जंगलमा लागेको आगो आइतबार दिउँसो देखि नियन्त्रणमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,… पुरा पढौ

ग्लोबल वार्मिङले मानव जीवन सङ्कटमा पर्छ-हिमाल आरोही पुर्जा

हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले ग्लोबल वार्मिङकाे कारण हिमालको हिउँ पग्लन थालेको बताएका छन् । पोखरामा आयोजित नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्जाले ग्लोबल वार्मिङले मानव जीवन अप्ठ्यारोमा पर्ने पनि बताए । बेलैमा सचेत भएर तापक्रम कम गर्न ध्यान नदिए मानव जीवन समस्या पर्ने उनले बताए । डायनासोर समय अनुसार एड्जस्ट हुन नसक्दा पृथ्वीबाट लाेप भएकाे पनि उनले सुनाए । ग्लोबल वार्मिङले भोलि मानव जीवन पनि उस्तै गरी सङ्कटमा… पुरा पढौ

हिमाली क्षेत्रमा हिउँदमा बढ्दै छ पानीको अभाव

एक महिना ढिलागरी हिउँदे वर्षा कृष्णमणि बराल पोखरामा यस वर्ष गत वर्षको तुलनामा एक महिना ढिलागरी हिउँदे वर्षा भयो । यहाँ पानी परे संगै हिमाली क्षेत्रमा पनि एक महिना ढिलागरी हिउँ पर्‍याे । गत वर्ष पुस महिनाको पहिलो साता नै पोखरामा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । यस वर्ष पानी र हिउँकालागी माघको २३ गते सम्म पर्खनु पर्‍याे । लामो समय पानी नपर्दा हिमाली क्षेत्रमा सुख्खा बढ्यो । पानी आइरहने खोला सुके । माघको पहिलो साता कास्कीको ताङतिङ,… पुरा पढौ