
जलवायु परिवर्तनले नेपालका हिमालहरू पग्लँदै कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी, हिमतालहरू पग्लनुको साथै बेमौसमी वर्षा, खडेरी, पहिरोले देशको अर्थतन्त्रमै ठूलो असर देखिन थालेको छ ।
मनसुन सकिएपछि भएको बेमौसमी वर्षाको कारण आएको बाढी, पहिरोको कारण नेपालमा यसै वर्ष एक सय भन्दा धेरैको मृत्यु भएको छ । धेरै नागरिकको घरबार उठेको छ । धनजनको क्षति पुगेको छ । कात्तिक महिनाको पहिलो हप्ता सम्म पानी पर्दा किसानले भित्र्याउन ठिक्क परेको धान डुबानमा पर्दा ठूलो क्षति पुगेको छ । मनसुन सकिएपछि आएको बाढीबाट यस्तो ठूलो क्षति हुनु भनेको जलवायु परिवर्तनको असर भएको जानकार बताउँछन् ।
यस वर्ष वर्षा यामको सुरुमै कम वर्षा हुने हिमाल पारीको जिल्ला मनाङमा भएको ठूलो वर्षाको कारण बाढी पहिरोको कारण चामे बजारका घर, पुल नै भत्कँदा ठूलो क्षति पुगेको थियो । मुस्ताङमा पनि अधिक वर्षा भएको थियो । देशका अन्य जिल्लामा पनि यस वर्षको वर्षा याममा परेको ठूलो वर्षाले बाढी, पहिरोको कारण ठूलो धनजनको क्षति पुगेको छ । मनाङ जिल्लामा हिउँदमा आगलागी हुँदा हिमाली क्षेत्रकाे हजाराै हेक्टर वनमा ठूलो क्षति पुगेकाे थियो । पछिल्ला वर्षहरुमा गाउँघरमा पानीका स्रोतहरू सुक्दै गएका छन् । पानी सुकेको कारण बस्ती नै पानी भएका क्षेत्रमा सर्नु पर्ने बाध्यता पनि हिमाली क्षेत्र देखि पहाडी क्षेत्रमा समेत बढ्दो छ ।
जलवायु परिवर्तनको कारण यसरी नेपालको अर्थतन्त्रमै ठूलो असर देखिन थालेको छ । यसैले अब नेपालमा अनुकूलनका कार्यक्रमले मात्र जलवायु परिवर्तनले सिर्जित विपत्तिसँग जुझन सकिदैन । बेलायतको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सीओपी २६ हुन लागिरहँदा नेपालले जलवायु परिवर्तनले नेपालमा पु¥याएको क्षतिको मापन गरी क्षतिपूर्ति पाउने गरी मुद्दा उठाउनु पर्छ । नखाएको विष लाग्दैन भन्ने भनाइ छ तर यस विषयमा भने नेपाललाई भने नखाएकाे विष लागेकाे जस्तैभएकाे छ । ठूला देशका गतिविधिका कारण वातावरणमा परेको असरले नेपालीको दैनिकीमै पनि असर परेको छ ।
नेपाल हरित ऊर्जाको रणनीतिमा लागेको र शून्य उत्सर्जनमा पुग्ने यसअघिको लक्ष्य सन् २०५० लाई घटाएर सन् २०४५ मा झारेको प्रतिबद्धता समेत प्रस्तुत गर्न लागेको बताइएको छ । मानव सिर्जित जलवायु परिवर्तनसँगै सम्बन्धित वैज्ञानिक, प्राविधिक र सामाजिक आर्थिक पक्ष केलाइएको वैज्ञानिकहरूको प्रतिवेदन सार्वजनिक भएकोले समेत धेरैले ग्लास्गो सम्मेलनलाई प्यारिस सम्मेलनकै महत्त्वपूर्ण जमघटको रूपमा लिएको बताएका छन् । नेपालले आफू जस्तै देशहरुसँग मिलेर धनी देशसँग यस्ता माग उठाउनुपर्छ ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …