
माता पृथ्वीको संरक्षणकालागि विश्वभर २२ अप्रिलमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरण संरक्षणकालागि छलफल, योजना र संरक्षण सचेतना लगायतका कार्यक्रम गरेर विश्वभर पृथ्वी दिवस मनाइन्छ ।
पृथ्वी दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।
तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरेको बताइन्छ । त्यस दिन देखि प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो।

मानिसको व्यहारले प्रकृतिले दुःख पाइरहेको छ । ताल, खोला, नदी, महासागरहरू प्लास्टिकले भरिदै गएका छन । यसले गर्दा अम्लीय पदार्थले भरिएकाके छ । अत्यधिक गर्मी, जङ्गलमा लागेको डढेलो र बाढीले लाखौं मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तन, मानव निर्मित प्रकृतिमा परिवर्तनका साथै जैवविविधतामा बाधा पु¥याउने अपराधहरू, जस्तै वन विनाश, भू–उपयोग परिवर्तन, तीव्र कृषि र पशुधन उत्पादन वा बढ्दो अवैध वन्यजन्तु व्यापारले पृथ्वीको विनाशको गतिलाई तीब्र बनाउन सक्छ ।
इकोसिस्टम पुनस्र्थापना सम्बन्धी संयुक्त राष्ट्र दशक भित्र मनाइने यो तेस्रो मातृ पृथ्वी दिवस हो। इकोसिस्टमहरूले पृथ्वीमा सबै जीवनलाई समर्थन गर्दछ । हाम्रो इकोसिस्टम जति स्वस्थ हुन्छ, त्यति नै स्वस्थ ग्रह र यसका मानिसहरू रहन्छन् । हाम्रो क्षतिग्रस्त इकोसिस्टमको पुनस्र्थापनाले गरिबी अन्त्य गर्न, जलवायु परिवर्तनसँग लड्न र सामूहिक विलुप्त हुनबाट जोगाउन मद्दत गर्नेछ। तर सबैले भूमिका खेले भने मात्र हामी सफल हुनेछौँ ।

यस अन्तर्राष्ट्रिय मातृ पृथ्वी दिवसको लागि, हामी आफैलाई सम्झना गरौँ ( पहिले भन्दा बढी कि हामीलाई मानिसहरू र ग्रह दुवैको लागि काम गर्ने थप दिगो अर्थतन्त्रमा परिवर्तन आवश्यक छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…