
हिउँद सकिन लाग्दा बल्ल हिमाली क्षेत्रमा हिमपात भएको छ । मंगलबार पोखरा र आसपास क्षेत्रमा पानी परेको थियो । तल्लो भागमा पानी परेपछि हिमाली क्षेत्रमा हिमपात भएको छ । अन्नपवूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल लगायतका क्षेत्रमा हिमपात भएको हो ।
हिउँदको अन्तिम समयमा हिउँ परेपछि हिमाली क्षेत्रका स्थानीय खुशी भएका छन् । लामो खडेरीपछि परेको हिउँले अन्नपात उत्पादनमा पनि राम्रो हुने भन्दै हिमाली क्षेत्रका स्थानीय खुशी भएका हुन् । सोमबार हल्का वर्षा भएकोमा मंगलबार केही ठूलो पानी परेको थियो । हिउँ परेपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका स्वदेशी तथा विदेशी पर्यटक हिउँमा रमाएका थिए । हिमपात संगै पदयात्रालागि पछिल्लो समयमा लोप्रिय मर्दी हिमाल पुगेको पर्यटक रमाएका थिए ।
लामो समय हिउँ नपर्दा कालापत्थर जस्ता देखिका माछापुच्छे« लगायतका हिमाल सेताम्मे भएका छन् । पा्ेखराबाटै एकै दिन पनि पुग्ने सकिने भएकोले मर्दी हिमाल क्षेत्र स्वदेशी पर्यटकको रोजाईमा पर्दै आएको छ हिउँ परेपछि हिउँ खेल्न आन्तरिक पर्यटकको मर्दी हिमाल क्षेत्रमा चहलपहल बढ्छ । पोखराबाट २२ किलोमिटर दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट जान सकिन्छ । त्यसपछि ठाडो उकालो उक्लिएर लोक्याम्प एकै दिनमा पुग्न सकिन्छ । २ हजार ९ सय मिटर उचाइ भएकोले एकै दिनमा उक्लदा हाइ लग्न सक्ने भएकोले सतर्क भने अपनाउनु पर्छ ।
४ देखि ५ दिन लगाएर प्रकृतिका सुन्दरताको आनन्द लिँदै माछापुच्छे« गाउँपालिकाको धम्पुस, अन्नपूर्ण गाउँपालिकाको काँडे अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प हुँदै पनि मर्दी हिमाल पदयात्रा जान सकिन्छ । लो क्याम्प, बादलडाँडा, हाइक्याम्प, भ्यु पोइन्ट हुँदै ४ हजार ५ सय मिटर उचाईको मर्दी हिमाल आधार शिविर पुग्न सकिन्छ । ठूलो हिमपात हुँदा कास्कीका पर्यटकयि गाउँ सिक्लेस, ताङतिङको क्रपुडाँडामा पनि हिउँ पर्छ । क्रपु डाँडामा हिउँ पर्दा पोखराबाट नजिक भएकोले हिउँ खेल्नेहरुको भिड नै लाग्ने गर्दछ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…