जैविक विविधता संरक्षणकालागि दिएको रकम ठगी भएकोले सहयोग रोकियाे : अमेरिकी राष्ट्रपति ट्रम्प


     नेचर न्युज    
     फागुन ७ गते २०८१ मा प्रकाशित



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिदै आएको रकम रोकिनुकाे कारण खुलाएका छन् । राष्ट्रपति ट्रम्पले जैविक विविधता संरक्षण र वित्तीय संघीयताकालागि दिँदै आएको रकम रोकिनु ठगी भएको बताएका छन् ।

दोस्रो पटक अमेरिकाको सत्ता सम्हालेका राष्ट्रपति ट्रम्पले वैदेशिक सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यहीक्रममा वित्तीय संघीयताकालागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणकालागि प्रदान गरिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिव ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रेस ब्रिफिङमा भने यो फ्रड हो । राष्ट्रपति ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको प्लोरिडास्थित मार ए लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् ।

यो निणर्यले नेपालमा जैविक विविधता संरक्षणका क्षेत्रमा हुँदै आइरहेका कामहरु अर्को निणर्य नभएसम्मकालागि रोकिएका छन् ।

(Photo by Andrew Harnik/Getty Images)