
जलवायु परिवर्तनको चेतनालाई मुख्य प्राथमिकतामा राख्दै पोखरा एभेन्जर्सले स्पोनसरको लोगो नराखेको बताएको छ । ग्लासियर्स म्याटर लेखेको पोखरा एभेन्जर्सको मुख्य प्राथामिकता जलवायु परिवर्तनको चेतनालाई दिएको बताएको छ ।
‘जर्सीमा आफ्नो लोगो राख्न दर्जनौं स्पोन्सरहरु सम्पर्कमा आइरहँदा पनि हामीले जलवायु परिवर्तनको चेतनालाई नै प्राथमिकतामा राख्यौं । त्यसैले जर्सीको अगाडी अरुको विज्ञापन राखेनौं, बरु लेख्यौँ, ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपुर्ण छन् ।’ पोखरा एभेन्जर्सले भनेको छ ।
पोखरा एभेन्जर्सको विज्ञप्ती:
यसकारण हामीले हाम्रो जर्सीमा अरुको विज्ञापन राखेनौं…
नेपाल प्रिमियर लिगमा मंगलबार हामीले हाम्रो पहिलो खेल खेल्यौं । जीत र हारको विश्लेषण त हुने नै भयो । सँगसँगै कतिपयको नजर भने हाम्रो जर्सीमा परेको छ । धेरैको जिज्ञासा छ– अरु टिमको जर्सीमा स्पोन्सरहरुको लोगो देखियो, तपाईहरुकोमा देखिएन नि ?
आज हामी यसबारे प्रष्ट पार्न चाहन्छौं । पोखरा एभेन्जर्सले सुरुवातदेखि नै पर्यटन प्रवद्धन र जलवायु परिवर्तनलाई आफ्नो मुल मुद्दा बनाएर अघि बढिरहेको छ । ‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकांक (२०००–२०१९) को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ । जलवायु परिवर्तनका कारण तीव्रगतिमा हिउँ पग्लने र तत्काल नदीमा पानीको मात्रा वृद्धि हुने भए पनि दीर्घकालमा पानीको मात्रा (आयतन) घट्ने अनुमान छ।
गण्डकी पोखराजस्तो सुन्दर सहर बोकेको प्रदेशमात्रै होइन, सुन्दर हिमश्रृंखलाहरुले घेरिएको भुगोल पनि हो । तर, विभिन्न अध्ययनहरुले नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विषय सार्वजनिक भइरहेका छन् । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ । गण्डकी यसरी जलवायु परिवर्तनको चपेटामा पर्दै जाने हो र हिमालबाट हिउँहरु सकिँदै जाने हो भने यसले हाम्रो सौन्दर्यतालाई नै संकटमा पार्नेछ । हाम्रो सौन्दर्य संकटमा पर्नु भनेको संसारकै सुप्रसिद्ध पर्यटकिय सहरका रुपमा परिचित पोखरासँगै सिंगो गण्डकी प्रदेशकै अर्थतन्त्रमा असर पुग्नु हो ।
त्यसकारण यसको जगेर्ना हाम्रो दायित्त्व हो । सुरुवातदेखि नै पोखरा एभेन्जर्सले खेलमार्फत जलवायु परिवर्तनको चेतना जगाउनुलाई महत्त्वपुर्ण ठानेको छ । यही कारण ग्लोबल वार्मिङको विषयलाई लिएर हामीले आफ्नो जर्सी समुन्द्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा पुगेर अनावरण ग-यौं । विभिन्न हिमालहरुमा पुगेर झन्डा फहरायौं । गण्डकी र पोखराको मेरुदण्ड पर्यटन भएको र हामी गण्डकीलाई प्रतिनिधित्व गर्ने टिम भएको कारण त्यहाँको अर्थतन्त्रमा टेवा पु-याउन पर्यटन प्रवद्धन गर्ने हेतुले पोखरालाई ‘Pure as Paradise’ अर्थात् स्वर्गजस्तै पवित्र भनेर ट्यागलाइन नै दिएका छौं । र, अन्त्यमा जर्सीमा आफ्नो लागो राख्न दर्जनौं स्पोन्सरहरु सम्पर्कमा आइरहँदा पनि हामीले जलवायु परिवर्तनको चेतनालाई नै प्राथमिकतामा राख्यौं । त्यसैले जर्सीको अगाडी अरुको विज्ञापन राखेनौं, बरु लेख्यौँ–’ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपुर्ण छन् ।
सुबोध त्रिपाठी
अध्यक्ष, पोखरा एभेन्जर्स



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…