स्वास्थ्य

दोस्रो लकडाउन खुकुलो भए संगै फेरी बढ्याे संक्रमण : थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

देशभर फेरी काेराेना संक्रमण बढ्दाे क्रममा देखिएकाे छ । कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको दोस्रो लकडाउन खुकुलो भए संगै देशभर फेरि कोरोना संक्रमण र मृत्यु दर पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा… पुरा पढौ

जोन्सन खोप कस्तो अवस्थामा लगाउने ? यस्ताे छ सरकारकाे गाइडलाइन

सरकारले जाेन्सन खाेप कस्ताे अवस्थामा लगाउने. कस्ताे अवस्थामा नलगाउने गाइडलाइन सार्वजनिक गरेकाे छ । जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन देशकाे विभिन्न सहर र गाउँमा भैरहँदा सामाजिक संजालमा यसको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि सरकारले प्रयोग तथा संचालन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको हाे । सार्वजनिक गरिएकाे मार्गदर्शनमा कुन परिस्थितीमा खोप लगाउन मिल्ने र नमिल्ने उल्लेख गरिएकाे छ । यसै गरी विशेष निगरानीमा कसरी खोप लगाउने प्रावधान पनि उल्लेख गरिएको छ । यस्ताे छ सरकारी गाइडलाइन । पुरा पढौ

काेराेना कहर : डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, थप सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ । भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको हाे । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न… पुरा पढौ

फेरि बढ्याे काेराेना : एकैदिन ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

काेराेना संक्रमण दर कम हुँदै गएपछि भएकाे खुलापन संगै फेरि काेराेना बढ्न थालेकाे छ । पछिल्लाे पटक मंगलबार डेढ महिनायताकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ।  विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  १२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय  ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो… पुरा पढौ

लकडाउन खुकुलो संगै बालबालिका व्यायाम गर्न मैदान र पार्कमा

लकडाउन खुकुलो संगै पोखरामा बालबालिका, युवाहरू शारीरिक व्यायाम गर्न खेल्नकालागि खुला चौर, पार्क र मैदानमा निस्कन थालेका छन् । कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै विज्ञहरूले अस्पतालमा निश्चित बेड छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । पोखराको मालेपाटन चौर, कोमागार्ने पार्क, वसुन्धरा पार्क लगायतका क्षेत्रमा बालबालिका, युवायुवतीहरू शारीरिक व्यायामकालागि निस्कन थालेका हुन् । युवाहरू फुटबल, भलिबल, टेबल टेनिस लगायतका खेल खेल्न व्यस्त हुन थालेका छन् । कोरोना सङ्क्रमण नियन्त्रण गर्न विद्यालयमा पनि अनलाइन कक्षा भइरहेको छ । अनलाइन… पुरा पढौ

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। खम्बाले किचेर बालकको… पुरा पढौ

गण्डकी प्रदेशमा फेरि सङ्क्रमण बढ्यो

लकडाउन खुकुलोसँगै पोखरा लगायत गण्डकी प्रदेशमा जनजीवन सहज बन्दै गएको छ । खुकुलो भए सँगै पछिल्लो समयमा कोरोना सङ्क्रमण पनि बढ्दै गएको छ । परीक्षण गरिएका मध्ये झन्डै आधामा सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशमा बिहीबार १ हजार ३२ जनाको नमुना परीक्षण भएकोमा करिब ४६ प्रतिशत अर्थात् ४ सय ७१  जनामा कोभिड १९ पुष्टि भएको छ । यो संख्या एक महिनायताकै सबैभन्दा उच्च हो । यस अघि असार ८ मा प्रदेशमा ४ सय ८० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । प्रदेशका ११… पुरा पढौ

हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो । लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले… पुरा पढौ

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उहाँले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै… पुरा पढौ

तुलसी विभिन्न रोगका लागि औषधि

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । कोरोनाको जोखिम कायम रहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न तुलसीबाट बनेको चिया प्रभावकारी हुने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसीको चियाको माग अहिले बढेको छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ ।… पुरा पढौ