
काेराेना संक्रमण दर कम हुँदै गएपछि भएकाे खुलापन संगै फेरि काेराेना बढ्न थालेकाे छ । पछिल्लाे पटक मंगलबार डेढ महिनायताकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ।
विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये २७ सय २६ जनाको पीसीआरबाट र ११ सय ७३ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७५८ पुगेको छ। मंगलबार थप १७ सय ७८ जना संक्रमणमुक्त भएका छन्। निको हुने दर ९४.४ प्रतिशत हो। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।
गत असारको पहिलो सातादेखि साउनको दोस्रो सातासम्म स्थिर रहेको संक्रमण फेरि बढ्न थालेको हो। उक्त अवधिबीच दैनिक २ देखि ३ हजार जनामा मात्र संक्रमण देखिएको थियो। तर असार ११ गतेदेखि भने दैनिक संक्रमित ३ हजार नाघ्न थालेको छ।





अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…