स्वास्थ्य

पोखरामा २७ गतेदेखि कोरोना खोप भेरोसेल लगाईदै ठाउकाे सूचीसहित

पाेखरा महानगरपालिकामा २७ गते चीनबाट आएकाे भेराेसेल खाेप लगाइने भएकाे छ । याे खाेप ६२ बर्ष पुरा भएका देखि ६५ वर्ष मुनिका नागरिकलाई मात्र लगाउने गरी पाेखरा महानगरपालिकाले साेमबार तालिका सार्बजनिक गरेकाे हाे । पाेखरामा हाललाई ६ हजार खाेप मात्र आएकाेले ६२ वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई लगाउने याेजना महानगरपालिकाले बनाएकाे हाे । यसअघि ६५ वर्षमाथिका बृद्धबृद्धालाई खाेप दिइएकाे थियाे । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय अनुसार पाेखरामा जेठ २७ गते दिइने भएकाे… पुरा पढौ

कोरोना सङ्क्रमित बोक्न एम्बुलेन्स चालकको एकान्त बास

पोखरा: कास्कीको मादी गाउँपालिका ५ चितेपानीका ४० वर्षीय रोशन सापकोटा पर्यटन प्लेटको गाडी चलाउँदै आएका थिए। कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले लकडाउन लगाएपछि उनको नियमित काम रोकियो। लकडाउनमा उनी गाउँ फर्किए। गाउँमा प्रशस्त जग्गा जमिन भएकोले खेती किसानीमा व्यस्त थिए। देशै भर कोरोना सङ्क्रमण बढ्दै गयो। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि सङ्क्रमण दर बढ्दै गएको थियो। मृत्युको सङ्ख्या पनि बढ्न थाल्यो। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अस्पतालसम्म बिरामीलाई पुर्‍याउने एम्बुलेन्सको पनि अभाव हुन थालेको थियो। यसै क्रममा पोखरा पर्यटन परिषद्का पूर्व… पुरा पढौ

चीनमा ‘पहिलो पटक’ मानिसमा भेटियो बर्डफ्लू

चीनमा पहिलो पटक मानिसमा बर्डफ्लू भेटिएको छ । ४१ वर्षीय एक पुरुषमा दुर्लभ प्रकारबाट बर्डफ्लू संक्रमित भएको पुष्टि भएको हो। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनि पहिलो मानिस भएको बताइएको छ। कसरी सर्‍यो  भन्ने बारे बृस्तित विवरण दिएको छैन्। H10N3 (एच१०एन३) नाम दिइएको यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। बर्डफ्लू संक्रमण भएका ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो। अहिले उनी निको भएर घर फर्किसकेको समाचारमा… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

युवा उद्यमी मञ्च पोखरा (एनवाईईएफ)ले पाेखराका कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथलाई एनवाईईएफ पोखराले बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे हाे । दुबै काेभिड अस्पताल हुन् । एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको टोलीले बुधबार दुबै अस्पताललाई अक्सिजन सिलिण्डर, पिपीई सेट, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखराका… पुरा पढौ

विवेकशीलका उज्ज्वल थापाको उपचारमा प्रयोग गरिएको थियो अनौठो विधि ‘इक्मो’, आखिर के हो त यो प्रविधि ?

नेपालकै नाम चालेका ह्याम्स, ग्रान्डी हुँदै मेडीसिटी अस्पतालमा उपचारकै क्रममा उज्ज्वल थापाले ज्यान गुमाए । नयाँ राजनीतिक धार स्थापनाका लागि अनवरत प्रयासमा जुटेका उनी अन्तत मृत्युसँग हारे। अहिले सामाजिक सञ्जाल उनीप्रतिको श्रद्धाञ्जलीले भरिएका छन्। उनको उपचारका लागि ‘इक्मो’(ECMO)   Extracorporeal membrane oxygenation प्रविधिको प्रयोग गरिएको थियो । अस्पतालले जारी गरेको सूचना मात्र होइन समाचारमा पनि इक्मो प्रयोग भयो । आखिर के हो त यो प्रविधि ? यो प्रविधि सन् १९५० मा पहिलोपटक जनावरमाथिको प्रयोगबाट सुरु भएको थियो l अनुसन्धान र प्रयोगले यो… पुरा पढौ

तीन सरकारी अस्पताललाई पाेखरा पर्यटन परिषदबाट अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग

पोखरा: पोखरा पर्यटन परिषदले पोखराका सरकारी अस्पताललाई कोभिडसँग जुध्न अक्सिजन आफै उत्पादन गर्ने दश लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । परिषदले पोखराका तीन अस्पताललाई आइतवार झण्डै १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिषद पोखराका पर्यटन व्यवसायीहरूको छाता संगठन हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, नमस्ते फाउण्डेसनका अध्यक्ष भिष्मराज पौडेललगायतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिसु मितेरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल… पुरा पढौ

कोरोना संक्रमणबाट बालबालिकालाई सुरक्षित राख्ने यस्ता छन् उपाय -बालरोग विशेषज्ञसँग जिज्ञासा

कोरोना भाइरसको दोस्रो लहरमा बालबालिकामा पनि बढी संक्रमण देखिन थालेको छ। अघिल्लो वर्षको तुलनामा बालबालिकामा पनि कोरोना संक्रमण दर बढेकोले बालबालिकालाई जोगाउन अभिभावक सचेत हुनु पर्दछ। खोप नलगाएका अभिभावकले मात्र होइन खोप लगाएका अभिभावकले पनि आफूले कोरोनाको खोप लगाएपछि अब बच्चाबच्चीलाई लाग्दैन भन्ने भ्रम पाल्नु हुँदैन। खोप लगाउँदैमा कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने संक्रमण दर हट्ने होइन। कोरोना संक्रमण भएकालाई पनि फेरी संक्रमण हुन सक्छ। गम्भीर स्थितिमा पुग्नबाट बचाउने मात्र हो। खोप लगाएका र नलगाएका सबै अभिभावकले बालबालिकालाई जोगाउन… पुरा पढौ

अक्सिजन अभावले ७ संक्रमितको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ( गण्डकी अस्पताल) मा अक्सिजन अभावले सुत्केरी सहित ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामीले अक्सिजन नपाउँदा १५ घण्टामा ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । २/३ दिन अघिदेखि हाइफ्लो अक्सिजन लगाउनुपर्ने बिरामी बढ्दा समस्या हुन गएको अस्पतालका कोभिड वार्डका फोकलपर्सन डा. शरदचन्द्र बराल बताएका छन्। यसले गर्दा अक्सिजन खपत बढी भएको बताइएको छ । हाइफ्लोका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा पनि थोरै कम हुनेबित्तिकै ज्यानको जोखिम हुने डा. बरालले बताए । गण्डकी प्रदेशमा… पुरा पढौ

तपाई मांसाहारी हो भने शाकाहारी भैहाल्नुस, नत्र यो बानीले तपाई र वातावरणलाई बिगार्छ

मेरो घरमा आजकाल खानामा प्राय मासुको परिकार  भइरहन्छ। मलाई पुग्यो भन्दा पनि भान्सेले कर गरी गरी  हाली दिन्छे l पेट नै अटसमटस हुने गरी खानु पर्ने बाध्यताबाट छुटकारा पाउन गाह्रो हुन्छ । २५-३० वर्ष अगाडी यसै गरी कर लगाई लगाई खानु भन्दिने मान्छे पाएको भए कति खाइन्थ्यो होला। म सानो छँदा पेटभरि मासु खान दसैँ तिहार वा कुनै ठुलो चाडपर्व नै कुर्नुपर्थ्यो। बेलाबेलामा आकलझुकल हुने भोज भतेरमा तपाई हामी कतिले त अनुभव गरेको हुनुपर्छ चोक्टा कति नै भागमा पर्ने होर?… पुरा पढौ

कोरोना कहर : अक्सिजन प्रयोग हुने निर्माणका काम निरन्तर

पोखरा : कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक ८/९ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण दैनिक करिव दुईसय जनाको मृत्यु भइरहेको छ । अक्सिजन सिलिण्डर अभावका कारण समयमै अक्सिजन नपाएर पनि कोरोना संक्रमितको मृत्यु भएको समाचार आइरहेका छन् । कोरोना संक्रमण बढेपछि पोखरामा पनि अक्सिजन सिलिण्डर अभाव छ । यस्तो जटिल स्वास्थ्य अवस्थामा पनि पोखरामा अक्सिजन प्रयोग हुने विकास निर्माणका काम निरन्तर भइरहेका छन् । पोखराको सृजनाचोकमा आकाशे पुल निर्माणकाे काममा व्यस्त मजदुर । तस्बिर : कृष्णमणि बराल… पुरा पढौ