
पाेखरा महानगरपालिकामा २७ गते चीनबाट आएकाे भेराेसेल खाेप लगाइने भएकाे छ । याे खाेप ६२ बर्ष पुरा भएका देखि ६५ वर्ष मुनिका नागरिकलाई मात्र लगाउने गरी पाेखरा महानगरपालिकाले साेमबार तालिका सार्बजनिक गरेकाे हाे । पाेखरामा हाललाई ६ हजार खाेप मात्र आएकाेले ६२ वर्ष भन्दा माथिका बृद्ध बृद्धालाई लगाउने याेजना महानगरपालिकाले बनाएकाे हाे । यसअघि ६५ वर्षमाथिका बृद्धबृद्धालाई खाेप दिइएकाे थियाे ।
सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय अनुसार पाेखरामा जेठ २७ गते दिइने भएकाे हाे । चीनबाट खोप प्राप्त भएको भेरोसेल खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिएका छन् ।
सोमबार ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै विभागले खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको उमेर समूहको माथिल्लो उमेरलाई प्राथमिकतामा राखि योजना बनाएर खोप दिन सकिने जनाएको छ। उनका अनुसार यहि अभियानमा यस अघि खोप लगाउन छुट स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, ईन्टर्न, ओ.जे.टी मा रहेका नर्सिङ्ग र पारामेडिक्सहरु (तर प्रत्यक्ष बिरामी जाँच, उपचार र हेरचाहमा संलग्नलाई मात्र) पहिलो मात्रा खोप दिन पाइने छ।
काेभिड १९ विरुद्धकाे खाेप अभिान पाेखरा महानगरले निम्न बमाेजिमकाे खाेप केन्द्रहरु सार्बजनिक गरेकाे छ । विभिन्न वडालाई लक्षित गरेर खाेप केन्द्र तय गरिएकाे हाे ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…