
चीनमा पहिलो पटक मानिसमा बर्डफ्लू भेटिएको छ । ४१ वर्षीय एक पुरुषमा दुर्लभ प्रकारबाट बर्डफ्लू संक्रमित भएको पुष्टि भएको हो। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनि पहिलो मानिस भएको बताइएको छ। कसरी सर्यो भन्ने बारे बृस्तित विवरण दिएको छैन्।
H10N3 (एच१०एन३) नाम दिइएको यस प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ। बर्डफ्लू संक्रमण भएका ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो। अहिले उनी निको भएर घर फर्किसकेको समाचारमा बताइएको छ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू नदेखिएकाे बताइएकाे छ । बर्ड फ्लूका अनेक प्रकार हुन्छन्।
बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको H10N3 प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो।
“विश्वमा कुनै मानिसमा पनि H10N3 को सङ्क्रमण भेटिएको थिएन। यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण भएकाे विज्ञले बताएका छन् । यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ,” एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको बताएको छ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…