
युवा उद्यमी मञ्च पोखरा (एनवाईईएफ)ले पाेखराका कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथलाई एनवाईईएफ पोखराले बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे हाे । दुबै काेभिड अस्पताल हुन् । एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको टोलीले बुधबार दुबै अस्पताललाई अक्सिजन सिलिण्डर, पिपीई सेट, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कार्यक्रममा एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखराका उप–कुलपति डा.डुकबहादुर क्षेत्री र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथका प्रमुख कार्यकारी अधिकृत डा. विकास गौचनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

एनवाईइएफका अध्यक्ष भट्टराईले कोरोना संकट संग जुद्धन सबैले आआप्नो ठाउँबाट सक्दो सहयोग गरेर नै सम्भव हुने बताएका छन्।



२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…