स्वास्थ्य

पाेखरामा भेराेसेलकाे दोस्रो खाेप २५ देखि २७ गते, खोप उपलब्ध हुने स्थान सहित

पाेखरामा भेराेसेलकाे दोस्रो खाेप २५, २६ र २७ गते, खोप उपलब्ध हुँदै छ । पहिलो खोप लगाएर दोस्रो खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खाेपकाे व्यवस्था गरिएकाे हाे । पोखरा महानगपालिकाले सुचना जारी गरेर निम्न स्थानमा गएर खोप लगाउन अनुराेध गरेकाे छ । आफ्नो नजिक पर्ने स्थानमा पहिलो खोप लगाएको कार्ड अनिवार्यरुपमा लिएर उपस्थित हुनुपर्नेछ । पुरा पढौ

मुस्ताङमा १८ वर्ष माथिका सबैले लगाए कोरोना विरुद्धको खोप

गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार १८ वर्षभन्दा माथि उमेरका नौ हजार ५०८ जनालाई तीन प्रकारको कोरोना विरुद्धको खोप लगाइएको हो । कार्यालयका प्रमुख टिकाराम भण्डारीले तोकिएको उमेर समुहका शतप्रतिशत नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको जानकारी दिए । “छ हजार ७१५ जनालाई जोन्सन एण्ड जोन्सन र दुई हजार ४७२ जनालाई कोभिसिल्ड विरुद्धको दुई चरणको खोप लगाइएको छ”, उनले बताए । “भेरोसिलको पहिलो र… पुरा पढौ

कोरोना सङ्क्रमणबाट गण्डकीमा २१ दिनमा १०३ जनाको मृत्यु

कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो हुँदै गएपछि गण्डकी प्रदेशमा दैनिक कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । गण्डकी प्रदेशमा साउन महिना २१ गते सम्म मात्र १०३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार दिउँसो प्रकाशित गत २४ घण्टाको कोभिड १९ सम्बन्धी गण्डकी प्रदेशको अद्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । २४ घण्टामा १२ सय ६२ जनामा गरिएको कोरोना परीक्षणमा गण्डकी प्रदेशमा ६… पुरा पढौ

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

काठमाडौँ : उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँ जसो बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष, आइसीयु, हाइडिपेन्डेन्सी युनिट, एचडीयु, भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।… पुरा पढौ

दोस्रो लकडाउन खुकुलो भए संगै फेरी बढ्याे संक्रमण : थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

देशभर फेरी काेराेना संक्रमण बढ्दाे क्रममा देखिएकाे छ । कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको दोस्रो लकडाउन खुकुलो भए संगै देशभर फेरि कोरोना संक्रमण र मृत्यु दर पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा… पुरा पढौ

जोन्सन खोप कस्तो अवस्थामा लगाउने ? यस्ताे छ सरकारकाे गाइडलाइन

सरकारले जाेन्सन खाेप कस्ताे अवस्थामा लगाउने. कस्ताे अवस्थामा नलगाउने गाइडलाइन सार्वजनिक गरेकाे छ । जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन देशकाे विभिन्न सहर र गाउँमा भैरहँदा सामाजिक संजालमा यसको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि सरकारले प्रयोग तथा संचालन सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको हाे । सार्वजनिक गरिएकाे मार्गदर्शनमा कुन परिस्थितीमा खोप लगाउन मिल्ने र नमिल्ने उल्लेख गरिएकाे छ । यसै गरी विशेष निगरानीमा कसरी खोप लगाउने प्रावधान पनि उल्लेख गरिएको छ । यस्ताे छ सरकारी गाइडलाइन । पुरा पढौ

काेराेना कहर : डेल्टा प्रजातिको नयाँ म्युटेन्ट भेटियो, थप सतर्क हुन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन पुष्टि भएको छ । भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको हाे । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न… पुरा पढौ

फेरि बढ्याे काेराेना : एकैदिन ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

काेराेना संक्रमण दर कम हुँदै गएपछि भएकाे खुलापन संगै फेरि काेराेना बढ्न थालेकाे छ । पछिल्लाे पटक मंगलबार डेढ महिनायताकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको २४ घण्टामा ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ।  विभिन्न प्रयोगशालामा १७ हजार ५१८ नमूना परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  १२ हजार ६ सय ५५ नमूनाको पीसीआर र ४ हजार ८ सय  ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो… पुरा पढौ

लकडाउन खुकुलो संगै बालबालिका व्यायाम गर्न मैदान र पार्कमा

लकडाउन खुकुलो संगै पोखरामा बालबालिका, युवाहरू शारीरिक व्यायाम गर्न खेल्नकालागि खुला चौर, पार्क र मैदानमा निस्कन थालेका छन् । कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै विज्ञहरूले अस्पतालमा निश्चित बेड छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । पोखराको मालेपाटन चौर, कोमागार्ने पार्क, वसुन्धरा पार्क लगायतका क्षेत्रमा बालबालिका, युवायुवतीहरू शारीरिक व्यायामकालागि निस्कन थालेका हुन् । युवाहरू फुटबल, भलिबल, टेबल टेनिस लगायतका खेल खेल्न व्यस्त हुन थालेका छन् । कोरोना सङ्क्रमण नियन्त्रण गर्न विद्यालयमा पनि अनलाइन कक्षा भइरहेको छ । अनलाइन… पुरा पढौ

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। खम्बाले किचेर बालकको… पुरा पढौ