युवा उद्यमी मञ्च पोखरा (एनवाईईएफ)ले पाेखराका कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथलाई एनवाईईएफ पोखराले बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे हाे । दुबै काेभिड अस्पताल हुन् । एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको टोलीले बुधबार दुबै अस्पताललाई अक्सिजन सिलिण्डर, पिपीई सेट, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, सर्जिकल मास्क लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखराका…
पुरा पढौ