स्वास्थ्य

मुख्यमन्त्री द्वारा भेन्टिलेटर हस्तान्तरण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई एक एक वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् । नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे । मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिए । २… पुरा पढौ

सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरुआत गर्ने तयारी भएको जानकारी दिनुभयो । “प्राविधिक, पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका र प्रशासनसँग तातोपानी कुण्ड खुलाउन मागिएको सहमति स्वीकृत भएपछि चिकित्सालयको… पुरा पढौ

सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताउनुभयो । अधिकृत वाग्लेले भन्नुभयो, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ । भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।” उहाँले… पुरा पढौ

सीमा नाकामै कोरोना विरुद्धको खोप

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनिका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । “एक सता अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ” उहाँले भन्नुभयो, “हालसम्म भारतबाट फर्कने ३००भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ ।” सीमा नाकामा पहिलो खोप लाउनेले दोश्रोे मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ । दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका… पुरा पढौ

कोभिडको अवस्था हेरी विद्यालय खुलाइने

जिल्ला कोभिड व्यवस्था केन्द्र ९डिसीएमसी०ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । उहाँले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकाले केन्द्रको बैठकले विद्यालय खुलाउन दिने निर्णय गरेको बताउनुभयो । जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि निर्देशन दिने र अवस्था हेरी गाउँपालिकाले विद्यालय सञ्चालनको… पुरा पढौ

मणिपाल अस्पतालमा नागरिक नठगिउन्

नेपालकै पहिलो निजी शिक्षण अस्पताल मणिपाल स्वामित्व हस्तान्तरण प्रक्रियामा छ ।  करिब ३० वर्षअघि भारतको चर्चित मणिपाल हस्पिटल एण्ड एजुकेसन ग्रुपले पोखराको फूलबारीमा अस्पताल स्थापना गरेको थियो । सरकार र मणिपाल ग्रुपबीच सन् १९९२ को अक्टोबर १८ मा पोखरामा मणिपाल शिक्षण अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो । पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले मणिपाल अस्पतालको स्वामित्व आफूहरूसँग आइसकेको जिकिर गरेका छन् । उक्त अस्पताल आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले खरीद गरेकाे बताइएकाे छ ।… पुरा पढौ

भाइरल ज्वरोका बिरामी बढे

मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन् । राप्ती प्रादेशिकमा दैनिक २०० भन्दा बढी त्यस्ता बिरामी उपचारका लागि आउने गरेकामा अधिकांश वृद्धवृद्धा बालबालिका रहेको मेडिकल सुपरीटेन्डेन्ट डा विनोद सिंहले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीसँगै भाइरल ज्वरोको प्रकोप पनि फैलिँदै गएको र अघिल्लो वर्षको तुलनामा भाइरल… पुरा पढौ

थप २४३३ मा सङ्क्रमण, २६ जनाको निधन

कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार ४३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन् । यस्तै सङ्क्रमणबाट आज एक हजार ९२९ जना निको भएका छन् । अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेका तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट… पुरा पढौ

गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गरे । गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड… पुरा पढौ

कास्कीमा सवारी साधनमा पुन: जाेरबिजाेर प्रणाली

कास्की जिल्लामा काेराेना संक्रमण बढ्दै गएपछि निजी तथा सार्वजनिक सवारी साधनमा बिहीबारदेखि पुन: जाेरबिजाेर प्रणाली लागू गरिने भएकाे छ । जिल्ला काेभिड व्यवस्थापन समितिकाे बैठकले भदाै १० गते सम्म पुन: कडाइ गर्दै जाेरबिजाेर प्रणाली लागू गरेकाे हाे । कास्कीमा यस अघि असार १४ गते सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले होटल तथा रेस्टुरेन्टमा हुने हरेक किसिमका बुकिङ कार्यक्रमलाई पनि रोक लगाइएको बताएक छन् । गण्डकी प्रदेशकाे राजधानी पाेखरा रहेकाे कास्की सबैभन्दा बढी… पुरा पढौ