गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरुआत गर्ने तयारी भएको जानकारी दिनुभयो । “प्राविधिक, पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका र प्रशासनसँग तातोपानी कुण्ड खुलाउन मागिएको सहमति स्वीकृत भएपछि चिकित्सालयको…
पुरा पढौ