स्वास्थ्य

पर्वतमा निः शुल्कआँखा शिविर : ७७ जनाकाे अप्रेशन गरियाे

पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परिक्षण पछि समस्या देखीएकाहरुको अप्रेशन समेत गरिएको थियो । क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर सम्पन्न गरेको हो । शिविर संचालनको लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ… पुरा पढौ

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकताको विषय भएको भन्दै यसको अगुवाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका छन् । सबै प्रदेशमा सरकारीस्तरको कम्तीमा पनि एउटा मेडिकल हुनुपर्ने प्रावधान छ । युग सुहाउँदो जनशक्ति उत्पादनका लागि २ वर्ष अगाडि सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले यस अघि नै मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरिसकेको छ । गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फरेन्स प्रोसिडिङ्स विमोचन कार्यक्रममा मंगलबार मुख्यमन्त्री पोखरेलले नागरिकलाई सर्बसुलभ स्वास्थ्य सेवा दिलाउन र स्वास्थ्यमा दक्ष… पुरा पढौ

भारतमा वायु प्रदूषण : नेपालमा पनि पर्न सक्छ असर – विज्ञ

भारतमा यति बेला वायुप्रदूषण चरम स्तरमा पुगेको छ । वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले आकस्मिक उपायहरुका रुपमा भारतको दिल्लीमा विद्यालयहरु बन्द गर्ने, निर्माणको कार्य बन्द गराउने र कर्मचारीलाई घरैमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारी र निजी कार्यालयलाई आदेश दिने जस्ता उपाय अपनाइएको छ । भारतमा भएको वायुप्रदूषणको असर नेपालमा देखिन सक्ने विज्ञहरुले बताएका छन् । यस अगाडि भारतमा प्रदूषण देखिँदा काठमाण्डौ उपत्यका लगायत विभिन्न स्थानमा वायु प्रदूषणको असर देखिने गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको… पुरा पढौ

पछिल्लाे २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना संक्रमण , ४ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ४९ नमूनामध्ये पीसीआर विधिबाट ३३९ र एन्टिजेन विधिबाट ३८ गरी ३ सय ७७ जनामा संक्रमण पृष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १७ हजार ६७२ संक्रमित र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार १ सय ७४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १ सय ७० जना कोरोनामुक्त… पुरा पढौ

नेपालमा हैजाविरुद्धको साढे दुई लाख मात्रा खोप आइपुग्यो

हैजा प्रभावित क्षेत्रका लागि नेपालमा हैजाविरुद्धको खोप आइपुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ओरल कलेरा भ्याक्सिनुको साडे २ लाख ५२ हजार ३६३ डोज खोप कतार एयरलायन्सको विमानबाट आइतबार नेपाल आइपुगेको हो । विश्वा स्वास्थ्य संगठन गाभी र युनिसेफको ग्लोबल स्टल पाइलुमा रहेको उक्त खोप युनिसेफको सप्लाई डिभिजन नेटजर्क हुँदै नेपाल आइपुगेको हो । हैजा विरुद्धको खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । पुरा पढौ

फ्रान्समा कोभिडको ‘पाँचौ लहर’ फैलियो

पेरिस : फ्रान्सका स्वास्थ्य मन्त्रीले देशमा कोभिड १९ को पाँचौ लहर फैलिएको बताएका छन्। स्थानीय सञ्चारमाध्यमसँग बोल्दै स्वास्थ्यमन्त्री ओलिभर भि¥यानले पाँचौ लहरको कोभिड संक्रमण फैलिएको बताएका हुन्। ‘विभिन्न छिमेकी मुलुकहरुमा यसअघि नै कोभिडको पाँचौ लहर फैलिसकेको छ। हामीले पनि फ्रान्समा पाँचौ लहरको सुरुवाती अनुभव गरिरहेका छौँ’, टीएफवान् टेलिभिजनसँगको अन्र्तवार्ता उद्धृत गर्दै रोयटर्सले भनेको छ, ‘पाँचौ लहर पहिलेको तुलनामा निकै हानिकारक भएकोले सबै सचेत रहनुहोला।’  फ्रान्सको स्वास्थ्य मन्त्रालयमा बुधबारसम्म पाँचौ लहरका करिब ११ हजार ८८३ नयाँ संक्रमित फेला परेका छन्। बिहीबार… पुरा पढौ

कोभिडविरुद्ध फाइजरको खाने औषधि ‘८९ प्रतिशत प्रभावकारी’

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोभिड बिरामीका लागि आफूले विकास गरेको खाने चक्की अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु हुने सम्भावनालाई रोक्ने कुरामा ८९ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ। अवस्था गम्भीर हुने उच्च जोखिममा रहेका बिरामीहरूले कोभिडका लक्षण देखिनासाथ यो चक्कीको सेवन गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म दिनहुँ तीनवटा चक्की सेवन गर्नुपर्ने हुन्छ। फाइजरले उक्त चक्कीको आपत्‌कालीन प्रयोगका लागि अनुमति दिन अमेरिकी नियामक निकायमा निवेदन समेत दिइसकेको छ। अनुमति दिन निवेदन उसको प्रतिद्वन्द्वी कम्पनी मर्कले पनि आफूले विकास गरेको मोल्न्यूपिरभीर चक्कीलाई… पुरा पढौ

पोखरामा बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरस देखियो, अस्पतालमा बढ्यो चाप

पोखरा : बालबालिकामा श्वासप्रश्वासमा असर गर्ने भाइरसको सङ्क्रमण देखिएपछि पोखराका अस्पतालमा बिरामी बालबालिकाको चाप बढेको छ । गत भदाै १५ देखि पोखराको सबैभन्दा ठुलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा श्वासप्रश्वासमा समस्या देखिएर उपचार गर्न आउने बालबालिकाको संख्या बढेको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रुघा, खोकी, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउने समस्या देखिएर अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा रामचन्द्र बास्तोलाले बताए ।बालबालिकामा निमोनिया, कोखा हान्ने,… पुरा पढौ

चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो

चीनबाट खरिद गरिएको थप १० लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बुधबार बिहान काठमाडौं आइपुगेको छ । नेपाल र चीन सरकारबीच कोभ्याक्स कष्ट सेयरिङ अन्तरगत ५९ लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार पहिलो लटको खोप आएको हो । खोप आएसंगै अव केही दिनभित्र लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले पटक पटक नेपालाई यसअघि कोरोनाविरुद्ध खोप उपलब्त्र गराएको थियो । पुरा पढौ

पछिल्लाे २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको लकडाउन हटेपछि यति बेला कोरोना अघिको जस्तै जीवन शैली देखिन थालेको छ । भिडभाडमा पनि मास्क नलगाई हिड्नेको संख्या बढ्दो क्रममा छ । यति नै बेला पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै गरी १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको… पुरा पढौ