स्वास्थ्य

चीनमा फेलापरेको नयाँ भाइरसबाट ३५ जना संक्रमित

चीनमा फेला परेको नयाँ भाइरसबाट ३५ जना मानिस संक्रमित भएका छन् । पूर्वी चीनमा नयाँ भाइरस संक्रमण भएपछि वैज्ञानिकहरुले निगरानी गरिरहेको बताइएको छ । चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना संक्रमित भइसकेको बताइएको छ । संक्रमित धेरैलाई ज्वरो, थकान र खोकी जस्ता लक्षणहरु देखिएको छ । छुचुन्द्रो प्रजातिको जनावरमा लाङ्ग्या भाइरस पाइएको छ । यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिए पनि यो भाइरस मानिसबाट मानिसमा सरेका पुष्टि भइसकेको छैन् । चीन, सिङ्गापुर र अष्ट्रिेलियाका… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिहीबार ५० वर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ । काठमाण्डौंबाट डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी अस्पतालका निर्देशक डा भरत खत्रीले दिए । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण… पुरा पढौ

सिसडोलमा नास्टका विज्ञ टोलीले गर्‍यो प्रदूषण अध्ययन

सिसडोलमा नास्टको विज्ञ टोलीले त्यहाँको प्रदूषणको अवस्थाका बारेमा अध्ययन अनुसन्धान सुरु गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको हो । त्यस क्षेत्रमा लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययनमा डा रवीन्द्र ढकाल, डा टिस्टा प्रसार्इँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले अध्ययन अनुसन्धान गरेको छ । अध्ययनको क्रममा लिच्चड मिसिनुभन्दा अगाडि लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट… पुरा पढौ

फैलदै मङ्कीपक्स : के हो मङ्कीपक्स ?

कोरोना भइरसबाट विश्व अझै मुक्त भइसकेको छैन् । विश्वको अर्थव्यवस्था कम्जोर बनाउनुको साथै जनजीवन नै कष्टकर बनाएको कोभिड १९ बाट मुक्त पुर्ण रुपमा मुक्त नहुँदै अर्को नयाँ भाइरस विभिन्न देशमा फैलिएको छ । यो भाइरस भने पङ्कीपक्स हो र १४ देशमा यसका ८० भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ । यो भाइरस यसअघि अफ्रिकाबाहिर बिरलै देखिएको थियो । अरु देशमा पनि देखिन थालेपछि डर बढेको हो । मङ्कीपक्स अर्को कोभिड होइन र यसलाई रोक्न लकडाउन जस्तो प्रतिबन्धात्मक व्यवस्था पनि गर्नु… पुरा पढौ

कोरोना संक्रमणबाट एकैदिन थप १४ जनाको मृत्यु, ३ हजार १ सय ७५ सक्रमित

नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर १२ हजार ६०५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ७ सय ४२ र एन्टिजेनबाट ४ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट नेपालमा एकैदिन थप १४ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हाल ६३ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन । पुरा पढौ

बनौँ सतर्क : एकै दिन ५ हजार बढीमा काेभिड सङ्क्रमण

कोभिड : नेपालमा थप ५ हजार ८७ जनामा कोभिड सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा देशभर कोरोना सङ्क्रमण बढ्दै गएको छ । राजधानी काठमाण्डौं उपत्यकामा सबैभन्दा धेरै सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा २० हजार ५ सय ६० वटा नमुना परीक्षण गरिएकोमा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण गर्दा ३१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो । विगत एक सातामा बालबालिकामा कोरोनाभाइरसको… पुरा पढौ

विज्ञानकाे फड्काे : पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलो पटक मानव शरिरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति एक अमेरिकी पुरुष हुन् । अमेरिकाको बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया दिएको चिकित्सकहरुले बताएको बीबीसीले जनाएको छ । यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने आशा गरिएको थियो । बेनेटको शरीरले राम्रो प्रतिक्रिया दिएपनि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अव आउने समयले स्पष्ट पार्ने छ । प्रत्यारोपण गर वा… पुरा पढौ

बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप मंगलबार देखि

मंगलबार देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर र मोडर्ना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले काठमाण्डौं उपत्यकाका तीनवटै जिल्लाका साथै स्थानीय तहबाट खोप अभियान सुरु गर्ने भएको हो । पुरा पढौ

कोरोना सतर्कता : २५ भन्दा बढी भेला नहुन सरकारको निर्देशन

कोरोना संक्रमण हत्तै बढेपछि गृह मन्त्रालयले भिडभाड हुने कार्यक्रम मेला, महोत्सव नलगाउन निर्देशन गरेको छ । यसै गरी सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनकालागि पनि गृह मन्त्रालयले सोमबार निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गर्दै भोभिड १९ संकट व्यवस्थापन समन्र्यान्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसहरु कार्यान्वयन गर्न भनेको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना… पुरा पढौ

ओमिक्रोनको त्रास : दिल्लीका शैक्षिक संस्था बन्द

ओमिक्रोनको त्रासका कारण दिल्लीका शैक्षिक संस्था बन्द गरिएकाे छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतको दिल्ली सरकारले शैक्षिक संस्थाहरु बन्द गराएको हाे। सरकारले यल्लो अलर्ट जारी गरेसँगै दिल्ली सरकारले मंगलबार विभिन्न शैक्षिक संस्था बन्द गराएको छ । ओमिक्रोनको खतरा उच्च रहेको भन्दै दिल्ली सरकारले शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको भारतीय समाचारमा जनाइएकाे छ । साथै सरकारले नीजि क्षेत्रहरुमा कर्मचारीहरुको ५० प्रतिशत उपस्थितीसहित बिहान ९ देखि ५ बजेसम्म काम गर्न निर्देशन दिएको छ। सो… पुरा पढौ