स्वास्थ्य

बाढी पहिरोको असर : एक सातामा स्याङ्जामा दश जनाको मृत्यु सात घाइते

बाढी पहिरोको कारण स्याङ्जा जिल्लामा एक सातामा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कमजोर भू बनोट भएका पहाडी क्षेत्रका बस्तीमा वर्षेनी मनसुनजन्य विपद्का घटना घट्दै आएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जा जिल्ला उच्च जोखिममा रहेको अधिकारीहरुले बताएका छन् । अघिल्लो वर्षहरुको तुलनामा यस वर्ष स्याङ्जामा अत्याधिक वर्षा भएको छ । वर्षा सुरु भएसँगै जिल्लामा मानवीय एवं भौतिक क्षतिका घट्ना वृद्धि भएका छन् । बाढी र पहिरोमा परेर ज्यान जानेमा बिरुवा गाउँपालिकामा ३… पुरा पढौ

कोभिड १९ र डेंगुसहित ५२ रोग सरुवा रोगमा सूचीकृत

सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दैस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा रोगलाई राजपत्रमा सूचना प्रकाशित गर्दै सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । सूचीकृत सङ्क्रामक रोगको पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिड–१९, चौथोमा दादुरा, पाँचौँमा डेङ्गु रहेका छन् । जापनिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी र एड्स, इन्फ्लुएन्जा जुनोटिक र सिजनल, स्क्रम टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस संक्रामक रोगमा सूचीकृत… पुरा पढौ

सुकुम्बासी बस्तीमा खोला पसेको होइन खोलाले आफ्नो बाटो खोजेको हो : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुकुम्बासी बस्तीमा खोला पसेको होइन खोलाले आफ्नो बाटो खोजेको बताएका छन् । अबिरल वर्षा पछि काठमाडौंका नदी, खोला किनारका बस्ती डुबानमा परेपछि बालेनले जनताको जीवन जोखिममा पारेर भोटको राजनीति नगर्न बस्ती सुरक्षित ठाउँमा सार्न अनुरोध गरे ।  मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा सुकुम्बासी बस्तीका स्थानीयले शनिबार दिउँसो वर्षापछि भोग्न परेको समस्याका तस्बिरसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत् शनिबार साँझ मेयर बालेनले सुकुम्बासी बस्तीको उचित व्यवस्थापन… पुरा पढौ

मिर्गौला पीडितलाई निःशुल्क डायलसिस सेवा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो ।प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शून्यमा झार्ने प्रयास… पुरा पढौ

मनसुन सुरु संगै डेंगुको संक्रमण त्रास

मनसुन सुरु संगै डेंगुका संक्रमित देशभर भेटिएका छन् । तराई, पहाड देखि पछिल्लो समयमा हिमाली क्षेत्रमा पनि डेंगुका संक्रमित भेटिएका छन् । यसैले मनसुनको यो समयमा संक्रमणबाट जोगिन विशेष संरक्षण अपनाउनु पर्ने छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जोडो मौसम पुस देखि अहिले सम्म ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । अहिले सम्म १ हजार ४३२ जना संक्रमित भएका छन् । मनसुन सक्रिय भएकोले अबका दिनमा डेंगुका बिरामी बढ्ने चिकित्सक बताउँछन् । एडिस एजेप्ट्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको… पुरा पढौ

प्लास्टिक झोला मुक्त संसार सम्भव छ

प्लास्टिक झोला मुक्त संसार सम्भव छ र एकल प्रयोगको प्लास्टिक झोलाको वातावरणीय विकल्पहरू उपलब्ध छन् भन्ने सन्देश फैलाउँदै आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइएको छ । जुलाई तीनमा विश्वभर अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइन्छ । प्लास्टिक मानव स्वास्थ्य, वन्यजन्तु, वनस्पति नदी, खोला, ताल, समुन्द्रको जैविक विविधताका लागि प्रतिकूल छ । खेती योग्य भूमिमा प्लास्टिक फैलँदा उब्जाउ जमिन मरुभूमिकरण हुँदै गएका छन् । ताल, खोला, नदी, समुन्द्रमा प्लास्टिक फैलँदा पानीमा रहेका जीव, वनस्पति जोखिममा पर्दै गएका विज्ञहरूले बताएका छन् ।  मानव… पुरा पढौ

वर्षा याममा यस्ता रोगहरूको हुन्छ उच्च जोखिम

पोखरा : मनसुन सुरु भएको छ । वर्षा याममा प्राकृतिक विपद्को जोखिम मात्र होइन मनसुनमा विभिन्न रोगहरूको उच्च जोखिम पनि हुन्छ ।मनसुनमा सबैभन्दा धेरै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब, टाइफाइड, रुघाखोकी हुने डा थानेश्वर पहारी बताउँछन् । यस्तै गरी छालाको समस्या, पेटको संङ्मण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी हुने उनले बताए । वर्षा याममा दूषित खाना र पानीका कारण विभिन्न रोग लाग्ने गर्दछ । लामखुट्टे, झि«ङ्गा, फोहोरका कारण सङ्क्रमण हुने… पुरा पढौ

माछपुच्छ्रेमा रेवानको स्वास्थ्य शिविर

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविर भएको छ । रेष्टुरेन्ट एन्ड वार एसोसियसन (रेवान)पोखराको आयोजनामा भएको शिविरमा ५ सयभन्दा बढीको चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँचपछि औषधी पनि उपलब्ध गराइएको थियो । स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रसूति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो । प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको रेवानका… पुरा पढौ

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन १ पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन१ पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै ७ जनामा ओमिक्रोनको सवभेरियन्ट जेएन।१ पुष्टि भएको जानकारी दिएको छ। देशका विभिन्न भागबाट संकलित एन्टिजेन पोजिटिभ रहेका १६ वटा पीसीआरको जिनोम स्किवेन्सिङ गर्दा ७ जनामा उक्त भेरियन्ट पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए। उनका अनुसार ती नमूनाहरू आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।यससँगै सरकारले संक्रमण रोकथामका लागि सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएको छ। मन्त्रालयलले प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयमार्फत्… पुरा पढौ

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरु भएको हो । यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रूतरूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी रहेको अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्यबीचको अन्तरनिर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि ‘वान हेल्थ’… पुरा पढौ