
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सुकुम्बासी बस्तीमा खोला पसेको होइन खोलाले आफ्नो बाटो खोजेको बताएका छन् । अबिरल वर्षा पछि काठमाडौंका नदी, खोला किनारका बस्ती डुबानमा परेपछि बालेनले जनताको जीवन जोखिममा पारेर भोटको राजनीति नगर्न बस्ती सुरक्षित ठाउँमा सार्न अनुरोध गरे ।
मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा सुकुम्बासी बस्तीका स्थानीयले शनिबार दिउँसो वर्षापछि भोग्न परेको समस्याका तस्बिरसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत् शनिबार साँझ मेयर बालेनले सुकुम्बासी बस्तीको उचित व्यवस्थापन गर्नेतर्फ सोच्ने कि भोटको राजनीति गरिरहने भन्दै प्रश्न गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अब चाँडै दुई तिहाइसहितको बहुमतमा प्रधानमन्त्री बन्न लागेको भन्दै उनले समस्या समाधानको बाटो खोज्नेमा आशावादी भएको पनि बताएका छन्। बालेनले सुकुम्बासी बस्तीमा खोला नपसेको भन्दै खोलाले आफ्नो बाटो खोजेको उल्लेख गरेका छन्।

‘आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हाे’ उनले प्रश्न गरेका छन्। बालेनले अघि प्रश्न गरेका छन्, ‘ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामीहरु उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहनेहरु उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेको भन्दै उनले गिरिबन्धु टी स्टेटमा यस्ता १५ हजार व्यवस्थापन हुनसक्ने पनि बताएका छन्। ‘तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ,’ बालेनले भनेका छन्।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…