
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
“गण्डकी सरकारले मिर्गौला पीडितका लागि निःशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो ।प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शून्यमा झार्ने प्रयास भइरहेको तथ्याङ्क उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाले निःशुल्क डायलसिस सेवा प्रवाहले पैसाको अभावमा उपचार नपाएर वञ्चित भएका नागरिक लाभान्वित भएको बताउनुभयो ।उहाँले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार संवेदनशील भएको बताउनुभयो ।
नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उहाँको छ । प्रदेश सरकारले सुत्केरी महिलाहरूको लागि एयरलिफ्टिङ सेवाको व्यवस्था समेत निःशुल्क गरिदिएको उहाँले बताउनुभयो । जसले गर्दा ग्रामीण भेगका दुरदराजमा रहेका महिलाहरूलाई तत्काल सेवा प्रवाह गर्न सहज भएको छ ।स्वास्थ्य बीमामा सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयो । योगा, ध्यानमा बजेट विनियोजन गरि सकेसम्म रोग लाग्नै नदिने वातावरण सिर्जनामा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उहाँको छ ।नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज गुल्मीले नागरिकको स्वास्थ्यको उपचारको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको बताउनुभयो । सर्ने रोग सँगसँगै नसर्ने रोगको नियन्त्रणमा समेत लगानी गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभयो ।डा।अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख गर्नुभयो । प्रत्येक ६ महिना वा वर्षदिनमा मृगौलाको जाँच गर्नुपर्ने भनाई उहाँको छ । आदी भन्दा बढी बिरामी मिर्गौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको उहाँले उल्लेख गर्नुभयो । मोटोपना, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नाले मिर्गौला रोग लाग्ने भनाई उहाँको छ ।
मिर्गौला रोग लाग्न नदिन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा पोखरा १४ परिवर्तन टोल सुकुम्वासी बस्ती बस्ने वर्ष ३२ की मिर्गौला पीडित लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ । चन्द्र कृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङजाका प्रमुख गोविन्द कुमार वसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य लगायतले बोल्नुभएको थियो भने स्वागत मन्तव्य पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले गर्नुभएको थियो ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…