
पोखरा : मनसुन सुरु भएको छ । वर्षा याममा प्राकृतिक विपद्को जोखिम मात्र होइन मनसुनमा विभिन्न रोगहरूको उच्च जोखिम पनि हुन्छ ।मनसुनमा सबैभन्दा धेरै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जन्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब, टाइफाइड, रुघाखोकी हुने डा थानेश्वर पहारी बताउँछन् ।
यस्तै गरी छालाको समस्या, पेटको संङ्मण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी हुने उनले बताए । वर्षा याममा दूषित खाना र पानीका कारण विभिन्न रोग लाग्ने गर्दछ । लामखुट्टे, झि«ङ्गा, फोहोरका कारण सङ्क्रमण हुने गर्दछ । वर्षा याममा हुने बाढी पहिरोका कारण पानी प्रदूषण हुन्छ । प्रदूषित पानी सेवन गर्दा जन्डिस लगायतका रोगहरूका कारण मानिसहरू बिरामी पर्ने गर्दछन् । यसैले वर्षा याममा खानपानमा बढी सचेत हुनु पर्ने चिकित्सहरु बताउँछन् ।
गर्मी मौसम भएकोले यो समयमा विषालु सर्पले टोक्ने र समयमै उपचार नगरे मृत्यु पनि हुन्छ । गर्मी मौसममा शरिरबाट बढी पसिना जाँने भएकोले पानीको अभावको कारण जल वियोजन, पिसाब र मिगौलाको समस्या हुने चिकित्सकले बताएका छन् । यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र पाचन प्रणालीसँग सम्बन्धित रोग पनि लाग्ने गर्दछ । वर्षा याममा पानीजन्य रोगहरू लाग्ने गर्दछ । झाडापखाला, हैजाको साथसाथै रगतमासी, जुका, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ लगायतका रोगहरू लाग्न सक्छन् ।
यो मौसममा काँचो र नपाकेका मासु, बासी खाना खान हुँदैन । खाना पचाउन नसकिने गरी बढी खाने, बढी चिल्लो खाद्य पदार्थ पनि खान हुँदैन । फोहोर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्ने भएकोले यस तर्फ पनि बेलैमा ध्यान दिनु पर्ने चिकित्सकको सुझाव छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…