
सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगमा सूचीकृत गरेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दैस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक ५२ वटा रोगलाई राजपत्रमा सूचना प्रकाशित गर्दै सङ्क्रामक रोगमा सूचीकृत गरेको छ ।
सूचीकृत सङ्क्रामक रोगको पहिलो नम्बरमा रेबिज, दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिड–१९, चौथोमा दादुरा, पाँचौँमा डेङ्गु रहेका छन् । जापनिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी र एड्स, इन्फ्लुएन्जा जुनोटिक र सिजनल, स्क्रम टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस संक्रामक रोगमा सूचीकृत भएका छन् ।
यस्तै रुबेला, भ्यागुते रोग, कमलपित्त बी, औलो ज्वरो, कुष्टरोग, लहरेखोकी, कमलपित्त सी, पोलियो, ट्रकोमा, इबोला भाइरल डिजीज, हात्तीपाइले, कमलपित्त ए, कमलवित्त इ, चिकुनगुनिया, जिका लगायत रोग रहेका छन् ।





पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…