
देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । पानीमा दिशाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ । यसरी हैजा संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरुले निर्मलीकरण गरेको पानी मात्रै पिउन सुझाएका छन् ।
ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भए संगै संक्रमितको संख्या २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमण हुने जिल्लामा काठमाडौं उपत्याकाका दुई जिल्ला काठमाडौंको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावरी, ग्वार्को, इमाडोल लगायत बिभिन्न स्थानमा १६ जनामा हैजा संक्रमण देखिएको ईडीसीडीले जनाएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
हैजा जीवाणु, ब्याक्टेरिया मार्फत हुने एक किसिमको संक्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको मात्रा कमी हुन्छ । रोगको बलैमा उपचार गरे सजिलै निको हुन्छ । तर बेलैमा उपचार नगरिए केही घण्टामै पनि ज्यान जान सक्छ । विश्व स्वास्थ्य संगठनले हैजालाई गरिबीको रोग भनी व्याख्या गरेको छ । आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरुलाई बढी संक्रमण देखिएको छ । सफा पनी र आधारभूत सरसफाई समेत नहुनुलाई यसरी अथ्याइएको हुन सक्छ ।
अफ्रिका र एशिसाका विभिन्न देश तथा क्यारिबीअन क्षेत्रको हेइटीमा यसबाट बढी प्रभावित हुने गरेको पाईको छ । विश्व स्वास्थ्य संगठनको अनुसार प्रत्येक वर्ष अनुमानित १३ देखि ४० लाख बिरामीहरु देखिने र विश्वभर २१ हजार देखि १ लाख ४३ हजार सम्म मानिसहरुको मृत्यु हुने गरेको छ ।
हैजाको संक्रमण भएपछि कस्ता लक्षण् देखिन्छ त ?
पखाला लाग्ने, सेतो पातलो दिसा हुन्छ । घण्टौंंसम्म बान्ता हुनु पनि अर्को लक्षण हो । पेट दुख्ने, खुट्टा दुख्ने पनि हुन्छ । यस्तो लक्ष्ण देखिएको केही समयमा शरीरमा पानीको कमी हुन्छ र गम्भीर अवस्थामा पनि पुग्ने अवस्था आउँछ । शरीरमा पानीको मात्र कम हुदा थकाइ लाग्ने, आँखा गाडिनु, मुख सुख्खा हुनु पिसाब नलाग्ने, रक्ताचाप कम हुने लगायतका लक्षण देखा पर्छ ।
उपचार
हैजाको उपचार मुख्य त शरीरमा पानीको मात्रा बढाउनु हो । यसकालागि जीवनजल लगायतका पदार्थ प्रशस्त पिउनु पर्छ । एउटा प्याकेटमा भएको पाउडरलाई एक लिटर सफा पानीमा मिसाएर धेरै भन्दा धेरै पानी पिउनु पर्छ । घरमै पनि नुन र चिनीको मात्रा मिलाएर पनि जीवनजल बनाउन सकिन्छ । घरमा बनाउँदा एक लिटर पानीमा ६ चम्चा चिनी र एक चम्चा नुन मिसाएर बनाउनुपर्छ । जटील अवस्थामा पुगेका बिरामीलाई थप उपचार पर्नु पर्ने हुन्छ । पखालाको अवधि घटाउनकालागि बिरामीलाई चिकित्सकले अवस्था हेरेर एन्टिबायोटिक औषधि पनि दिन्छन् ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…