
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिहीबार ५० वर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ ।
काठमाण्डौंबाट डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी अस्पतालका निर्देशक डा भरत खत्रीले दिए ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण पहिलोपटक भएको हो।
भक्तपुरका डा। पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा। प्रकाश क्षेत्री, डा। अनुप चापागाईं डा माया लामा, डा। जुजु श्रेष्ठ, डा। अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा। भरत खत्रीले जनाएका छन्। प्रत्यारोपण गरिएका बिरामीको नाम गोप्य राखिएको छ। मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उनकै श्रीमानले मिर्गौला दिएका हुन्।
चार घन्टा लामो अप्रेसनपछि मिर्गौला प्रत्यारोपण सफल भएको थियो। ‘बिरामीलाई आईसीयूमा अरुसँग होइन, एक्लै राखेका छौं, पिसाब गराउन डायलाइसिस पनि गर्नुपरेन, आफै गर्नुभयो,’ डा खत्रीले भने, ‘पहिलो चरण सफल भयो, अब पाँच दिन अस्पतालमै राखेर औषधोपचार गरी डिस्चार्ज गर्छौं।’
मिर्गौला प्रत्यारोपण गर्नुअघि अंग प्रत्यारोपण स्वीकृति समितिले नाता प्रमाणितलगायत र अंग दान गर्न सक्ने स्वीकृति प्रदान गरेको छ। मिर्गौला प्रत्यारोपणका लागि यस्तो समिति क्षेत्रीय अस्पतालमा बनिसकेको छ। मिर्गौला प्रत्यारोपण गरेका बिरामीले यसअघि नै काठमाडौंमासमेत उक्त प्रक्रिया पूरा गरेका थिए। तर प्रत्यारोपण पोखरामा ल्याएर गरिएको हो। पोखरामासमेत उक्त समितिले स्वीकृति दिएको हो। नेपालमा मिर्गौला दान परिवारका सदस्यलेमात्रै गर्न सक्ने कानुनी व्यवस्था छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नवनिर्मित भवनको अप्रेसन थियटरमै मिर्गौला प्रत्यारोपण गरिएको जानकारी डा प्रकाश क्षेत्रीले दिए। उनकाअनुसार पोखरामै मिर्गौला प्रत्यारोपण नियमित गरिनेछ।गण्डकी प्रदेशभरि सयौं बिरामीको मिर्गौला फेल भई क्षेत्रीय लगायत अस्पतालमा डायलाइसिस गराइरहेका छन्। तिनीहरुको दीर्घकालीन उपचार भनेको मिर्गौला प्रत्यारोपण हो।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…