
कोभिड : नेपालमा थप ५ हजार ८७ जनामा कोभिड सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा देशभर कोरोना सङ्क्रमण बढ्दै गएको छ । राजधानी काठमाण्डौं उपत्यकामा सबैभन्दा धेरै सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा २० हजार ५ सय ६० वटा नमुना परीक्षण गरिएकोमा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण गर्दा ३१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो । विगत एक सातामा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण लगभग पाँच गुनाले वृद्धि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
सबैभन्दा बढी सङ्क्रमण २१ वर्ष देखि ३० र ३१ देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिएको छ । पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…