
सिसडोलमा नास्टको विज्ञ टोलीले त्यहाँको प्रदूषणको अवस्थाका बारेमा अध्ययन अनुसन्धान सुरु गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको हो ।
त्यस क्षेत्रमा लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययनमा डा रवीन्द्र ढकाल, डा टिस्टा प्रसार्इँ जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले अध्ययन अनुसन्धान गरेको छ । अध्ययनको क्रममा लिच्चड मिसिनुभन्दा अगाडि लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताए ।
सिसडोलबाट संकलित तीन वटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको बताइएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकरात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ । यस्तो अवस्थालाई नियन्त्रण गर्न यो अनुसन्धान गरिएको हो ।
पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा अनुसन्धानबाट थाहा हुने र पूणै रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले त्यसै अनुसार निरुपणको विधि पनि सुझाउने छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…