स्वास्थ्य

कोभिड १९ : बेलायतको यात्रा प्रतिबन्धात्मक सूचीबाट हट्यो नेपाल

बेलायत सरकारले कोरोना महामारीका कारण विश्का धेरै देशलाई रातोसूचीमा राखेकोमा नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रुपमा हेरफेर गर्ने तालिका अनुसार बेलायत सरकराले नेपाल सहित ४७ देशलाई रानोसूचीबाट हटाएको हो । रातोसूचीबाट हटाए संग सोमबार (असोज २५) गते देखि लागू हुने भ्रमणसम्बन्धी गतिविधि अन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ । अझै ७ देशलाई भने बेलायत सरकारले रातोसूचीमै राखेको छ ।बेलायत सरकारले विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिएको जनाएको छ । ती देशबाट बेलायत प्रवेश… पुरा पढौ

एसिड पीडित मुस्कानको उपचारका लागि मेयर सरावगीद्वारा २ लाख सहयोग

वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगीले एसिड पीडित मुस्कान खातुनको उपचारका लागि नगद २ लाख रुपैयाँ सहयोग गरेका छन् । मेयर सरावगीले आफ्नो पारिश्रमिकबाट स्थापना गरेको मेयर कल्याणकारी कोषबाट उक्त रकम बराबरको चेक आइतबार आफनै कार्यकक्षमा बोलाएर मुस्कानलाई प्रदान गरेका हुन् । मुस्कानका अनुसार, एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ । त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएको छ । तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले आइतबार उनलाई दुई लाख… पुरा पढौ

कोभिड- १९ निर्मुल भएको छैन स्वास्थ्य सर्तकता अपनाउँ : डब्लुएचओ नेपाल प्रमुख डा.पाण्डव

व्यस्त जीवनलाई स्वस्थे राख्ने उद्देश्यका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुरु गरेको ‘वाक द टक’ कार्यक्रम शनिबार पोखरामा आयोजना भएको छ ।  डब्लुएचओ नेपालका प्रमुख डा. राजेश समबाजीराव पाण्डव सहितको टोलीले पोखराको बाराहीघाट देखि बङ्लादी सम्मको करिब २ किलोमिटर फुटपाथमा हिँडेर सो कार्यक्रम सम्पन्न गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा.राजेश एस.पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्ये सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए । विश्वभरीनै कोभिड… पुरा पढौ

सेनेटरी प्याडमा लगाइएको करको बिरोधमा पोखरामा प्रदर्शन

सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दै युथ कांग्रेस नेपालले पोखरामा शनिबार प्रदर्शन गरेको छ । पोखरामा मानवअधिकार चोकमा भएको प्रदर्शनमा सहभागीहरुले रातो कर खारेजीको माग गरेका छन् । सेनेटरी प्याडमा लगाइएको १३ प्रतिशत कर लगायत सबै कर कटौती गर्न माग गरिएको हो । सहभागीहरुले सेनेटरी प्याड विलासिता होइन आवश्यकता हो भन्दै महिनावारी सम्बन्धि सम्पूर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन युथ कंग्रेस नेपालले माग गरेको छ । अतिआवश्यक सामाग्रीमा पनि कर लगाएर सरकार कति अबुझ छ भन्ने देखाएको… पुरा पढौ

सेनिटरी प्याडमा करको विरोध : आन्दोलनमा युवा

स्यानिटरी प्याडमा सरकारले लगाएको करको विरोधमा देशका विभिन्न सहरमा युवाहरु प्रदर्शनमा उत्रेका छन् । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै महिलाहरु प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनमा पुरुषहरुले पनि साथ दिएर सेनिटरी प्याडमा लगाइएको करको विरोध गरेका छन् । राजधानी काठमाण्डौमा युवाहर करको विरोधमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले रातो घर, माफ गर स्यानिटरी प्याड विलासिना होइन आवश्यकता हो लगायतमा नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए । प्रर्दशनमा सहभागीले सरकार महिनावारीमा कर कहिले सम्म भन्ने… पुरा पढौ

१,०७८ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

कोरोना संक्रमण दर कम भएपछि देशमा कतै लकडाउन पूर्ण रुपमा हटेकाे छ त कतै खुकुलाे भएकाे छ । काेराेनाबाट जाेगिन स्वास्थय सतर्कता भने अपनाइरहनु पर्नेछ। यसै बिच पछिल्लाे २४ घण्टामा १०७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८ हजार ५५५ नमूनाको पीसीआर र ३ हजार २१० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ८९८ र एन्टिजेन विधिबाट १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट… पुरा पढौ

विश्व रेबिज दिवस : कुकुरले टोक्दा तुरुन्तै रेबिजविरुद्धको भ्याक्सिन लगाउ

रेबिज कुकुरलगायत बौलाहा जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । सुरुमा रेबिज भाइरस रोक्न सकिन्छ । लक्षण देखिएपछि भने मृत्यु अनिवार्यजस्तै हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन बताउँछन् । यसैले कुकुरले टोकेपछि जतिसक्दो चाँडो खोप लगाउनु पर्ने डाक्टर बनाउँछन् । रेबिज भएपछि पहिलो चरणमा हल्का ज्वरो आउँछ । टोकेको ठाउँ झमझमाउँछ । ढाडको तल्लो भाग दुख्ने हुन्छ । यसपछि दास्रो चरणमा हावा, पानीदेखि डर लाग्ने र छटपती हुने हुन्छ । बिरामीहरु आक्रमक र तोडफोडमा समेत… पुरा पढौ

काेराेनाकाे कारण पाेखरामा थप ४ काे मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण पाेखरामा ४ जनाकाे मृत्यु भएकाे छ । पाेखराका विभिन्न अस्पतालमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुने सबै कास्कीका हुन् । पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ । यसै गरी पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ । यसै गरी पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक… पुरा पढौ

कोभिड—१९ : ८३४ जनामा संक्रमण, १,२७९ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ जनामा पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । १ हजार २ सय ७९ जना निको भएर घर फर्केका छन् । नेपालमा आइतबार सम्म ७ लाख ९१ ह्जार ३९२ कुल संख्या पुगेको… पुरा पढौ

भारतले अक्टोबर महिनादेखि कोभिड विरुद्धको खोप निर्यात गर्ने

देशभित्रै कोरोनाभाइरसको महामारी फैलिएपछि गत एप्रिल महिनामा खोप निर्यात रोकेको भारतले आउँदो अक्टोबर महिनाबाट फेरि अन्य देशमा खोप निर्यात गर्ने भएको छ । भारतले आप्नो देशमा कोरोना व्यापक फैलिएपछि नेपाल सरकारले खोपकालागि रकम भुक्तानी गरिसकेको अवस्थामा पनि खोप रोकेको थियो । विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि नेपाल लगायत विश्वभरिका खासगरि विकासोन्मुख देशहरुलाई असर परेको थियो । भारतीय स्वास्थ्य मन्त्री मनसुख मांडवियाका अनुसार अक्टोबरमा भारतकै निम्ति त्याहँका खोप निर्माताहरुले करिब ३० करोड मात्रा खोप… पुरा पढौ