चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिदै


     नेचर न्युज    
     कार्तिक २ गते २०७८ मा प्रकाशित


चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना खोप दिने भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीचको कुराकानीका क्रममा वाङले नेपाललाई अनुदानस्वरुप थप २० लाख डोज कोरोना खोप दिने घोषण गरेको बताइएको छ । दुई देशका परराष्ट्रमन्त्रीबीच १ घन्टा टेलिफोनमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री खड्काले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बनाएका थिए । मन्त्री खड्काले नेपालको आर्थिक विकासमा चीनले गरेको सहयोग प्रशंसनीय भएको बताएका थिए । मन्त्री खड्काले कोरोनाविरुद्ध लड्न खोपलगायत स्वास्थ्य उपकरण सहयोग गरेकोप्रति चीन सरकारलाई धन्यवाद दिएका थिए । विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।