
वीरगञ्ज महानगरपालिका नगरप्रमुख विजय कुमार सरावगीले एसिड पीडित मुस्कान खातुनको उपचारका लागि नगद २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
मेयर सरावगीले आफ्नो पारिश्रमिकबाट स्थापना गरेको मेयर कल्याणकारी कोषबाट उक्त रकम बराबरको चेक आइतबार आफनै कार्यकक्षमा बोलाएर मुस्कानलाई प्रदान गरेका हुन् । मुस्कानका अनुसार, एसिड प्रहारले घाँटी, पेट र छातीमा भएको घाउको तत्कालै शल्यक्रिया गर्नुपर्नेछ ।
त्यसका लागि ३ लाखभन्दा बढी खर्च लाग्ने भएको छ । तर, मुस्कानसँग त्यति रकम नभएको खबर पाएपछि नगर प्रमुख सरावगीले आइतबार उनलाई दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । मुस्कानको कानको पनि सर्जरी गर्नुपर्ने छ, त्यसका लागि १२ लाख रुपैयाँ जति खर्च लाग्छ भन्ने सुनेको छु, त्यो रकम सहयोग गरि दिन पनि मेयर सरावगीले अपिल गरेका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…