
हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना सङ्क्रमण पुनः देखिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
एक्याप जोमसोमले मुस्ताङ जिल्ला अस्पताललाई बुधबार स्वास्थ्य सामाग्री हस्तान्तर गरेको हो । मुस्ताङका पाँच गाउँपालिका स्वास्थ्य चौकीहरूलाई पनि कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय मुस्ताङ मार्फत उपलब्ध गराउने गरी हस्तान्तरण गरिएको एक्याप जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख टिकाराम भण्डारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । गत वर्ष पनि कोरोनाको दोस्रो लहरले यहाँको जनजीवनमा निकै असर परेको थियो । पछिल्लो समयमा कोरोना सङ्क्रमित शून्य भएर पनि हाल फेरि मुस्ताङ जिल्लामा ९ जनामा सङ्क्रमण देखिएको छ । एक्यापले फेस प्रोटेक्सन शील्ड २४० थान, मास्क १५००, पञ्जा ९०००, एन ९५ मास्क १८००, पिपिई लगायतका स्वास्थ्य सामाग्री जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार मार्फत प्रतिमान निमा मेमोरियल फाउन्डेसन सहयोगमा स्वास्थ्य सामाग्री जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरूलाई उपलब्ध गराइएको एक्याप जोमसोम कार्यालय प्रमुख बरालले जानकारी दिए । कोरोना महामारीमा मुस्ताङ जिल्लाको जिल्ला अस्पताल र स्वास्थ्य चौकीकालागि उपलब्ध भएका स्वास्थ्य सामाग्री निकै उपयोगी हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले विश्वास गरे ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…