
पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । पर्वतको ढोरपाटन नगरपालिका वडा नम्वर १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरेको शिविर आँखाको परिक्षण पछि समस्या देखीएकाहरुको अप्रेशन समेत गरिएको थियो ।
क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर सम्पन्न गरेको हो । शिविर संचालनको लागि स्थानिय रुपमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्वर अफ कर्मश र बुर्तिबाङ राईजिङ युथ क्लबले सहयोग गरेका थिए ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सगै स्थानिय वासिन्दा सगै वरिपरिका क्षेत्रवाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंव नि शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन । शिविरमा आठ सय ९२ जनाको आँखा परिक्षण सगै आवश्यक औषधी वितरण गरिएको थियो । आँखा जाच गरेकाहरुमध्ये ७७ जनाको आँखामा समस्या देखीएपछि उनिहरुको अप्रेशन गरिएको संयोजक पराजुलीले जानकारी दिईन ।
७७ जनामध्ये सात जनाको दुबै आँखाको अप्रेशन गरिएको थियो । विगत केही समयदेखी आँखाका कारण समस्यामा परेकाहरु शिविरमा उपचार पछी आँखा देख्न सफल भएका थिए ।यस अघि कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरि गरेका थिए । कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिब इन्दु भट्टराई र सदस्य रजनी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
क्लवले यस अघि पर्वतको मोदि गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयमा, पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा, पर्वतको मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशि लगायतका स्थानमा नि शुल्क आँखा शिविर संचालन गरिसकेको छ । यसै गरि हिमालय आँखा अस्पताल पोखरालाई करिव आठ लाख मुल्य बरावरको आँखा जाच्ने मेसिन सहयोग गरेको थियो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…