
दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर विद्यार्थीलाई दादुराको सङ्क्रमण भए नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताउनुभयो ।
जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उहाँले बताउनुभयो । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझने क्रम सुरु गरिएको उहाँले बताउनुभयो । हप्ता दिनअघि मात्र रावतगाउँका दुई बालबालिकाको नमूना सङ्कलन गरी नेपालगञ्ज पठाइएकामा सो नमूनामा दादुरा भएको पुष्टि भएको थियो ।
त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ । जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारेको छ । रासस



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…