नेपाल धेरैलाई कोभिड खोप लगाउने दक्षिण एशियाली देशमा चौथो


     नेचर न्युज    
     असाेज ५ गते २०७८ मा प्रकाशित


अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये नेपाल धेरैलाई कोभिड खोप लगाउने दक्षिण एशियाली देशमा चौथो नम्मरमा रहेकाे छ । नेपालमा कुल जनसंख्यामध्ये १९.४४ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको तथ्याङ्क छ ।

नेपालमा कुल ८,७३, ५३४ जनामा संक्रमण पुष्टि भएको छ भने ११,४८ जनाको कोभिडबाट मृत्यु भएको छ । विश्वाविद्यालयका अनुसार विगत २८ दिनमा नेपालमा ३७,१३३ संक्रमण भएको छ भने ५३१ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुकमध्ये भुटानमा कुल जनसंख्याको सबैभन्दा धेरै ६२.७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन् । दक्षिण एशियाली मुलुकमध्ये भुटानमा अहिलेसम्म सबैभन्दा कम २,५९७ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको कोभिडबाट ज्यान गएको छ ।

माल्दिभ्समा कुल जनसंख्याको ६२.१६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन् । माल्दिभ्समा सोमबारसम्म ८३,५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२९ जनाको मृत्यु भएको छ ।

श्रीलंकामा कुल जनसंख्याको ५०.३१ प्रतिशतले पूर्ण मात्रामा कोभिड खोप लगाएको तथ्याङ्क छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार श्रीलङ्कामा हालसम्म ५,०४,४९१ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १२,१२५ जनाको कोभिडका कारण मृत्यु भएको छ।

बंगलादेशमा हाल सम्म ८.८७ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेको तथ्याङ्क छ । बंगलादेशमा कुल १५,४२,६८३ जनामा संक्रमण पुष्टि भएको छ घने २७,२२५ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कुलमध्ये ११.०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेको छ। पाकिस्तानमा अहिले सम्म १२,२६,००८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २७,२४६ जनाको मृत्यु भएको छ । विगत २८ दिनमा २७,२४६ जनाको मृ्त्यु भएको तथ्याङ्क छ ।

दक्षिर्ण एशियामा अफगानिस्तानमा सबैभन्दा कम १.१३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ । अफगानिस्तानमा हालै तालीवानले सत्ता कब्जा गरेपछि राजनीतिक अस्थिरता कायम छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतमा रहेको उल्लेख गरिएको छ । भारतमा अहिले सम्म ३,३४,४८,१६३ जनाम सङ्क्रमण पुष्टि भएको छ भने ४,४४,८३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ । भारतका कुल जनसंख्याको १४.५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको तथ्याङ्क छ ।

कोरोना संक्रमण घटेपछि नेपालमा कहीं लकडाउन हट्याे कहीं खुकुलाे

कोभिड—१९ कोरोनाभाइरसबाट संक्रमित हुने मानिसहरुको संख्या नेपालमा पछिल्लो समयमा घट्न थालेको छ । सरकारी तथ्याङ्कले संक्रमण घट्न थालेको देखाए संगै कुनै शहरमा लकडाउन खुकुलो भएको छ भने कुनै जिल्ला र शहरमा लकडाउन पूर्ण रुपमा हटेको छ ।

गत वर्षको असोज महिनामा पनि नेपालमा कोरोना संक्रमण घटेपछि लकडाउन खुकुलो गरिएको थियो । वैशाख महिनामा पुन संक्रमणदर बढेपछि दोस्रो लकडाउन लगाउनु परेको थियो । पर्यटकीय शहर पोखरामा असोज १ गते देखि लकडाउन पूर्ण रुपमा हटेको छ । स्वास्थ्य सतर्कता अपनाउन र मास्क अनिवार्य लगाउन भने जिल्ला प्रशासनले अनिवार्य गरेको छ । काठमाण्डौंमा भने लकडाउन खुकुलो पारे पनि पूर्ण रुपमा अझै हटेको छैन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले जारी गरेको आदेशमा शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा संञ्चालन गर्न गराउन नपाउने उल्लेख गरेको छ । गर्र्ने पर्नेभएमा स्थानीय पालिकाहरुले विद्यालय सञ्चालन गर्नु पुर्व आआप्नो पालिकास्तरमा कोभिड—१९ कोभिड संक्रमणको अवस्थाको विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, सवारी चालक, कर्मचारी लगायत सबैले अनिवार्य रुपमा कोभिड—१९ विरुद्धको खोप लगाउनु पर्ने उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालाय कास्कीले जारी गरेको आदेशमा भने स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय, रेष्टुरेण्ट, रात्रीकालिन व्यवसाय लगायत सम्पूर्ण व्यवसाय सञ्चालन गर्न सकिने उल्लेख गरेको छ । पोखरामा रात्रीकालिन व्यवसाय नाँचघर, क्लव, डान्सबार दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसाय राति साढे १ बजे सम्म खोल्न पाउने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार विगत एक सातामा दैनिक ७३४ देखि १,७६० को बीचमा नयाँ संक्रमित थपिएका छन् । आइतवार सबैभन्दा कम ७३४ जना संक्रमित फेला परेक थिए । साेमबार २४ घन्टामा दशभर १ हजार ९५ जना काेराेना संक्रमित थपिएका छन् । देशभर थप ८ जनाकाे मृत्यु भएकाे छ । हालसम्म ११ हजार ४८ जनाले काेभिडका कारण ज्यान गुमाइसकेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!