
सर्वोच्चले निजगढमा विमानस्थल निर्माण गर्ने सरकारी निर्णयलाई बदर गरिदिएपछि पनि त्यहीं विमानस्थल बनाउने अडान राख्नु फैसलाको अवज्ञा भएको विज्ञहरुले बताएका छन् । बाराको निजगढमा विमानस्थल निर्माणसम्बन्धी सम्पूर्ण निर्णय बदर गरिदिने फैसलापछि पनि सरकार र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मानहानि गरेको विज्ञहरुले बताएका हुन् ।
सरकारले अदालतको फैसला कार्यान्वयन गर्नुपर्नेमा गठबन्धनका प्रधानमन्त्री र शीर्ष नेताले निजगढमै पुगेर त्यहीँ विमानस्थल बनाउने अडान दोहो¥याउनुलाई पूर्वन्यायाधीश, वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीहरुले अदालतको मानहानिका रुपमा अथ्र्याएका हुन् । वातावरण कानुन समाज नेपाल, जनहित संरक्षण मञ्च र सर्वोच्च अदालतको सार्वजनिक सरोकार फैसला अध्ययन समितिले शनिबार गरेको निजगढ फैसला कार्यान्वयनको मार्गचित्र अन्तक्र्रियामा पूर्वन्यायाधीश बलराम केसीले विमानस्थल निजगढमै बन्छ भन्नु सर्वोच्च अदालतको मानहानि भएको बताएका छन् । सर्वोच्चले निजगढमा विमानस्तल निर्माण गर्ने सरकारी निर्णयलाई बदर गरिदिएपछि पनि त्यहीँ विमानस्थल बनाउने अडान राख्न फैसलाको अवज्ञा रहेको केसीले बताए ।
कार्यक्रममा सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गत जेठ १२ मा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेसम्बन्धी सरकारले अहिलेसम्म गरेका सम्पूर्ण निर्णय बदर गरिदिएको थियो । त्यसको तीन दिनपछि असार १८ मा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत गठबन्धनका नेताहरु निजगढ उत्रिएरअदालतको मानहानि हुने गरी त्यहीँ विमानस्थल बनाउने प्रतिबद्धता जनाएका थिए । अदालतले बदर गरिसकेकाले अब निजगढमा विमानस्थल बनाउने विकल्प अन्यत्र खोजी गर्नु पर्ने पूर्वन्यायधीश केसीले बताए । कार्यक्रममा संवंधानिक कानुनका जानकार लगायतको उपस्थिति रहेको थियो ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…