
मानवबाट मारिएका हात्ती र हात्तीबाट मारिएका मानवका स्मृतिमा आज यहाँ विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । विश्व हात्ती दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको मेची नदी किनारमा शिरिष, जडुललगायतका फूल फुल्ने प्रजातिको बिरुवा रोपण गरिएको हो ।
कार्यक्रममा विभिन्न सङ्घसंस्था, होटल व्यवसायी र स्थानीयवासीको सहभागिता रहेको थियो । नेपालकै सबैभन्दा बढी हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएको स्थान नै बाहुनडाँगी रहेको हुँदा उनीहरुको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हात्ती संरक्षक शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्ममा सो स्थानमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक दर्जन हात्तीसमेत मारिएको छ । कार्यक्रममा हात्तीको महत्व, यसको जैविक विविधतामा भूमिका, आक्रमणबाट बच्ने उपाय र संरक्षणमा स्थानीयवासीको दायित्व विषयमा समेत जानकारी गराइएको थियो । रासस



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …