
कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार ४३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ३७४ जनामा परीक्षण गर्दा दुई हजार ४३३ जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३८ हजार ३८४ जना रहेका छन् ।
यस्तै सङ्क्रमणबाट आज एक हजार ९२९ जना निको भएका छन् । अहिलेसम्म सात लाख पाँच हजार ८९३ जना निको भइसकेका तथ्याङ्कमा उल्लेख छ । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।
नेपालमा प्रति १० लाखमा ३५८.५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । यस्तै ६२० जना सघन उपचार कक्ष, १६५ जना भेन्टिलेटर, ३५ हजार ३५४ जना होम आइसोलेसन, तीन हजार ३० जना संस्थागत आइसोलेसन र ३६६ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । रासस



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…