
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपाल भेन्टिलेटर सोइसाटीलाई एक एक वटा भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।
नेपाल चीन जनमैत्री संघको संक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट प्राप्तमध्ये २ वटा भेन्टिलेटर मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । अस्पतालका प्रशासक प्रदीप पौडेल र डा.डोलेन्द्र आचार्य, सोसाइटीका सदस्य डा. सरोज पोखरेलले भेन्टिलेटर ग्रहण गरे ।
मुख्यमन्त्री पोखरेलले चीनको प्रान्तीय सरकार र समन्वयकर्ता नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाई धन्यवाद दिए । २ देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन जनस्तरबाट भइरहने क्रियाकलापले सघाउ पु¥याउँदै आएको उनको भनाइ थियो । अध्यक्ष पालिखले पोखरासँग भगिनी सम्बन्ध गाँसेका चीनका विभिन्न प्रान्तले कोभिड र त्यसभन्दा पहिला पनि बारम्बार सहयोग गर्दै आएको बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…