
नेपालकै नाम चालेका ह्याम्स, ग्रान्डी हुँदै मेडीसिटी अस्पतालमा उपचारकै क्रममा उज्ज्वल थापाले ज्यान गुमाए । नयाँ राजनीतिक धार स्थापनाका लागि अनवरत प्रयासमा जुटेका उनी अन्तत मृत्युसँग हारे। अहिले सामाजिक सञ्जाल उनीप्रतिको श्रद्धाञ्जलीले भरिएका छन्।
उनको उपचारका लागि ‘इक्मो’(ECMO) Extracorporeal membrane oxygenation प्रविधिको प्रयोग गरिएको थियो । अस्पतालले जारी गरेको सूचना मात्र होइन समाचारमा पनि इक्मो प्रयोग भयो । आखिर के हो त यो प्रविधि ?
यो प्रविधि सन् १९५० मा पहिलोपटक जनावरमाथिको प्रयोगबाट सुरु भएको थियो l अनुसन्धान र प्रयोगले यो निकै सबल बन्दै गयो र यो रुपमा आइ पुगेको हो l मुटु र फोक्सो लगाएतको जटिल शल्यक्रियाको बखतमा प्रयोग गरिने यो बिधि गत वर्ष देखि कोभिड सङ्क्रमितहरुलाई समेत प्रयोग हुँदै आएको छl
यो उपचार पद्धति भेन्टिलेटरमा राखेर पनि सुधार नभएका कोभिड सङ्क्रमितहरू वा अन्य बिरामीहरूको को लागि हालसम्म उपलब्ध मध्ये अन्तिम उपाय पनि होl यो प्रबिधि प्रयोग गर्दा थापा सङ्क्रमणमुक्त भइसकेका थिएl
भेन्टिलेटरको माध्यमबाट बिरामीको फोक्सोमा अक्सिजन पुर्याउने काम गरिन्छl तर यो प्रविधिले रक्त कोषिकामानै अक्सिजन पुर्याउने गर्छ l शरीरमा रहेको रगतलाई बाहिर निकाली त्यसबाट कार्बन डाइअक्साइड निकालिन्छ l सो रगतमा अक्सिजन हालेर पुनः शरीरमा प्रवेश गराइन्छl उक्त अवधिमा मुटु र फोक्सोले आराम पाउँछन् र बिस्तारै सन्चो हुँदै जान्छl
यो प्रविधिमा विज्ञको ठूलो समूहले घाँटीमा सानो प्वाल पारेर उपचार गर्दछ l मुटु र फोक्सोको जस्तै काम गर्ने यो मेसिन बिरामीको अवस्था हेरेर केही दिनदेखि केही हप्ता वा केही महिनासम्म पनि प्रयोग गर्नुपर्ने हुन्छl
हालसम्म १ सय २७ जना कोभिड बिरामीमा गरिएको यसको प्रयोगले ९० दिन पछि ४१.७ प्रतिशत ठिक भएको देखाएको छl कोभिड बिरामीहरू अमेरिका, जर्मन, स्विजरल्याण्ड, इटाली र बेल्जियमका थिए l ठिक हुनेमध्ये धेरै जसो ७१ वर्ष भन्दा मुनिका मात्र थिए l भारतमा पनि ५० प्रतिशत कोभिड बिरामीहरू ठिक भएको मानिएको छl मेडीसिटीमा पनि हाल सम्म १० जना विभिन्न खालका बिरामीहरुलाई यसको प्रयोग गरिएको छl
यो प्रविधि प्रयोग गर्दा औसत रूपमा बेलायतमा ७४ लाख खर्च भएको अभिलेख छl अन्य देशहरूमा १-२ करोडसम्म लागेको अनुभवहरू पनि छन् l मेडिसिटी अस्पतालकी सञ्चार संयोजक मनिता पोख्रेल भन्छिन्’ यो प्रविधिबाट उपचार गर्दा केही हप्ता वा महिना पनि लाग्न सक्छ’ उनले थपिन ‘ विज्ञहरूको उपस्थिति, लाग्ने समय, प्रविधिको खरिद मूल्य आदिले गर्दा यो उपचार विधि महँगो भएको हो l’
जति खर्च र समय लागे पनि उज्ज्वल थापा छिट्टै निको होस् भन्ने हाम्रो सुभेच्छाले भने काम गरेनl




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…