
लकडाउन खुकुलोसँगै पोखरा लगायत गण्डकी प्रदेशमा जनजीवन सहज बन्दै गएको छ । खुकुलो भए सँगै पछिल्लो समयमा कोरोना सङ्क्रमण पनि बढ्दै गएको छ । परीक्षण गरिएका मध्ये झन्डै आधामा सङ्क्रमण देखिएको छ ।
गण्डकी प्रदेशमा बिहीबार १ हजार ३२ जनाको नमुना परीक्षण भएकोमा करिब ४६ प्रतिशत अर्थात् ४ सय ७१ जनामा कोभिड १९ पुष्टि भएको छ । यो संख्या एक महिनायताकै सबैभन्दा उच्च हो । यस अघि असार ८ मा प्रदेशमा ४ सय ८० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । प्रदेशका ११ जिल्लामध्ये बिहीबार कास्की जिल्लामा मात्रै २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ३९ पुरुष र १ सय ३५ महिला छन् ।
कास्कीमा सक्रिय सङ्क्रमित सङ्ख्या १ हजार २ सय ६८ जना रहेका छन् । यसै गरी गण्डकी प्रदेशका शुक्रबार ११ सय ७८ जनाको परीक्षण भएकोमा ४ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ सय १० जना कोरोनाबाट मुक्त भएका छन् भने २ हजार ७ सय ८१ जना होमआइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कोरोना सङ्क्रमणबाट शुुक्रबार गण्डकीमा २ जनाको मृत्यु भएको छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…